बुधबार, बैशाख ५, २०८१

साढे ५ करोड मूल्य बराबरको पशुधन सुरक्षण

दमौली, १ भाद्र । तनहुँमा ५ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरका पशुको पशुधन सुरक्षण गरिएको छ । तनहुँका सहकारी र समिति मार्फत् ती मूल्य बराबरको पशुको पशु धन सुरक्षण गरिएको हो । ती सहकारीमा आबद्ध कृषकले पालेका पशुहरुको पशु धन सुरक्षण गरिएको जिल्ला पशु सेवा कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म जिल्लामा १ हजार ५ सय ७ पशुको विमा गरिएको छ । ४ सय ७२ गाई, ६९ भैसी, ८ सय ९८ बाख्रा र ६८ बंगुरको विमा गरिएको छ । ४ करोड ६७ लाख ९५ हजार मूल्य बराबरको गाई, ४० लाख ३० हजार मूल्य बराबरको भैसी, ५३ लाख ८८ हजार मूल्य बराबरको बाख्रा र ६ लाख १२ हजार मूल्य बराबरको बंगुरको विमा गरिएको पशु विकास अधिृकत डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।
जिल्लाको सेवर दुग्ध उत्पादक सहकारी संघ व्यास–५, बेल्वास दुग्ध उत्पादक सहकारी संस्थ लि. पोखरीभञ्ज्याङ १ बेलवास, दुम्सी दुग्ध उत्पादक सहकारी संस्था व्यास–५, पोखरीभञ्ज्याङ दुग्ध उत्पादक सहकारी संस्था पोखरीभञ्ज्याङ–१, प्रगति दुग्ध उत्पादक सहकारी संस्था पुर्कोट, बरादी दुग्ध उत्पादक सहकारी बरादी, जागृती भैसी विकास समिति घाँसीकुवा, साझाटार भैंसी विकास समिति स्याम्घा, सिन्धु भैंसी विकास समिति साँगे, दुलेगौंडा पशु विकास समिति दुलेगौंडा, म्याग्दे दुग्ध उत्पादक सहकारी संस्था जामुने, चुदेली भंैसी विकास समिति वरभञ्ज्याङ–६, चारकुने दुग्ध उत्पादक सहकारी संस्था व्यास–१, चिन्तुटार पशु विकास समिति व्यास–६, जयलक्ष्मी पशु विकास समिति ढोरफिर्दी–७, ढोरवाराही पशु विकास समिति ढोरफिर्दी–, संयुक्त भैसी पालन समिति रिसिङ्गपाटन–९, शिवालय भैसी विकास समिति घाँसीकुवा–१, याम्पा दुग्ध उत्पादक सहकारी संस्था बन्दिपुर–८, याम्पा, घाँसीकुवा पशु विकास समिति घाँसीकुवा–८, बुल्दी बहुउद्देश्यीय सहकारी संस्था व्यास, कोटकालिका पशु विकास समिति राईपुर र त्रिशक्ति पशु विकास समिति सतिस्वाँरा–२ मार्फत् पशु धन सुरक्षण कार्यक्रम सञ्चालनमा रहेको छ ।
पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दावी गर्न सक्नेछन् । त्यसको लागि पशु मरेको १५ दिन भित्र सम्बन्धित स्थानीय सदस्य संस्था मार्फत क्षतिपूर्ति दावी पत्र भरी दावी गर्नुपर्ने कार्यालयले जनाएको छ । क्षतिपूर्ति दावी गर्दा सम्पूर्ण कागजातहरु संलग्न गरी दावी गरेमा पोलिसीमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम (सुरक्षण बराबर) सदस्य संस्था मार्फत् सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान रहेको छ ।
त्यस्तै सुरक्षण भएको पशुधन थारो भएमा वा अंगभंग भई अनुत्पादक भएमा पशु सेवा केन्द्र वा उपकेन्द्र वा पशु सेवा कार्यालयका प्राविधिक कर्मचारीले सो कुरा प्रमाणित गरेमा सदस्य संस्थाले सुरुमा प्रदान गरेको कर्जा रकम वा प्रमाणित गरेको मितिमा बाँकी रहेको कर्जा रकम मध्ये जुन मूल्य कायम हुन्छ सो रकमको ४० प्रतिशतले हुने रकम सदस्य संस्था मार्फत पशुपालक कृषकलाई क्षतिपूर्ति दिईने व्यवस्था छ ।-  कृष्ण न्यौपाने

प्रकाशित मिति: मङ्लबार, भदौ १, २०७२