मङ्लबार, बैशाख ४, २०८१

चिराइतो खेतीप्रति कृषक आकर्षित

खोटाङ, ३० साउन । जडीबुटीका रुपमा प्रयोग हुने चिराइतो खेतीको सम्भाव्यता अध्ययनपछि खोटाङमा सामूहिक रुपमा चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरू यसप्रति आकर्षित भएका हुन् ।
घरैबाट प्रतिकिलो रु ७०० देखि रु एक हजारसम्ममा बिक्री हुने चिराइतो खेती प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । सैद्धान्तिक र प्राविधिक सीपका बारेमा जानकारी पाएपछि चिराइतो खेती गर्ने कृषकको सङ्ख्या जिल्लामा ह्वात्तै बढेको हो । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने पाथेका, खार्मी, फेदी, खार्ताम्छा, बाकाचोल, ऐसेलुखर्क, ाक्पालगायतका कृषक यतिखेर चिराइतोको खेती गर्न व्यस्त छन् ।
लेकाली क्षेत्रमा पर्ने बाँझो जग्गालाई उपयोग गर्दै कृषकको जीवनस्तर उकास्ने उद्देश्यले व्यावसायिक रुपमै चिराइतो खेती सुरु गरिएको हो । जङ्गली जनावरले दुःख नदिने भएकाले पनि चिराइतो खेती सुरु गरेका किसानहरुको भनाई रहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७२