बिहिबार, बैशाख १३, २०८१

उखु भुक्तानी नदिकामा आक्रोश

सर्लाही, श्रावण २८ । ९ महिनाअघि चिनी मिललाई उखु बेचेका किसानले भुक्तानी नपाउँदा आर्थिक कठिनाइ झेल्नुपरेको छ।  निर्णय गर्ने तर कार्यान्वय नगर्ने सरकारी कार्यशैलीको उखु किसानले आलोचना गरेका छन्। सरकारले मूल्य तोकेपछि भुक्तानी दिलाउनु कर्तव्य हो तर लाखौं किसान सडकमा उत्रँदासमेत मन्त्रीहरू चुप छन्।  उखु खेती गर्ने हजारौं किसानले भुक्तानी नपाउँदा कष्टकर दैनिकी गुजार्नुपरेको छ। सरकारले निर्धारण गरेको मूल्य बढी भएको भन्दै भुक्तानी नदिई उद्योगीले गत जेठ २९ गते सर्वाेच्च अदालतमा मुद्दा दिएका थिए।

प्रकाशित मिति: बिहिबार, साउन २८, २०७२