बिहिबार, बैशाख ६, २०८१

जुम्लामा ४ हजार कार्टुन अनुदान

जुम्ला, २३ श्रावण । जिल्ला कृषि विकास कार्यालय मार्फत यस वर्ष स्याउ बाहिर निर्यात गर्नको लागी ४ हजार कार्टुन अनुदान दिने भएको छ । जिल्ला सहकारी संघ जुम्लालाई कार्टुन खरिद गर्नको लागी ७५ प्रतिशत अनुदान दिने भएको जिल्ला कृषि बिकास कार्यालय जुम्लाका निमित्त वरिष्ठ कृषि बिकास अधिकृत बिष्णुबहादुर महतले बताए । अघिल्लो वर्षमा ५ हजार कार्टुन अनुदान दिएको भएपनि वार्षिक कार्यक्रम अनुसार यस वर्ष ४ हजार कार्टुनमा मात्रै अनुदान दिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटाको भनाई रहेको छ । उनका अनुसार जुम्लामा १२ हजार देखि १५ हजार कार्टुनको आवश्यकता पर्ने भए पनि बजेट अभावका कारण सबैमा अनुदान दिन नसकिएको हो । जुम्लाको स्याउलाई बाहिर पठाउनको लागी गे्रडिङ्ग र प्याकेजिङ्ग गर्न सजिलो होस् भन्ने उदेश्यले कार्टुन दिएको भएपनि थोरै अनुदान दिएको हुनाले समस्या भएको उनको भनाई छ । जुम्लामा स्याउ धेरै फल्ने भएपनि जुम्लाका नाममा छापिएको कार्टुन बाहेकका कार्टुनमा स्याउन पठाउनु परेको हुनाले जिल्लाको पहिचान गर्न नसकिएको किसानहरुको गुनासो रहेको छ । जिल्ला कृषि विकास मार्फत कार्टुनमा अनुदान दिएको भएपनि सिमिति कृषकहरुको मात्रै स्याउ बाहिर पठाउने गरेको हुनाले समस्या भएको किसानहरुको गुनासो छ ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०७२