बिहिबार, बैशाख १३, २०८१

रौतहटमा धान रोपाइँमा कमी

रौतहट, २१ साउन । यस जिल्लामा यो वर्ष पर्याप्त वर्षाको अभावमा ४० प्रतिशतमात्र धान रोपाइँ भएको छ ।
समयमा वर्षा हुन नसकेका कारण साउन महिना बित्न लागे तापनि धान रोपाइँ हुन सकेको छैन । जिल्लाको पूर्वी भेगमा झाँझ नहर, उत्तरी भेगमा वाग्मती सिँचाइ आयोजनाको नहरबाट सिँचाइ सुविधा उपलब्ध रहे तापनि पश्चिम तथा दक्षिणी भेगमा कुनै प्रकारको सिँचाइ सुविधा रहेको छैन ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार ६५ हजार ९६९ हजार हेक्टर कुल खेतीयोग्य जग्गामध्ये ३९ हजार तीनसय हेक्टर क्षेत्रफल जग्गामा धानखेती हुने गर्छ । यसपटक समयमा पानी नपरेकाले हालसम्म ४० प्रतिशतभन्दा कम क्षेत्रफलमा मात्र रोपाइँ भएको उक्त कार्यालयका कृषि प्राविधिक सहायक थुकरन मिश्रले बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, साउन २१, २०७२