शनिबार, बैशाख ८, २०८१

किन झोक्किए कृषि विकास मन्त्रालयका सचिव भट्टराई

uttam-bhattaria

काठमाडौं । कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराई यतिधेरै जोक्किएला भन्ने कुरा कृषि विकास मन्त्रालयका कर्मचारीहरुले सोचेका पनि थिएनन् । मध्यमाञ्चल क्षेत्रीय गोष्ठिमा सहभागी भएका मध्यमाञ्चल जिल्लाका जिल्ला कृषि कार्यालय, पशु सेवा कार्यालयका प्रमुखहरु मन्त्रालयका कर्मचारीहरु एवं सरोकारवाहरुको समेत उपस्थिति रहेको सो गोष्ठिको समापनका अवसरमा बागबानी किर्तिपुरमा सम्वोधन गर्ने क्रममा सचिव भट्टराई झोक्एिका हुन् । उनले त्यसो गर्नुको कारण अरु केही नभएर मन्त्रालय मातहत सञ्चालनमा रहेका विभिन्न आयोजना मात्र होइन जिल्ला कृषि विकास कार्यालयहरुले खासै प्रगति गर्न नसकेकोमा उनले त्यसो गरेका हुन् ।
कृषिलाई व्यवसायिकरण गर्ने अभियानमा आयोजनाहरु जुटेका मात्र होइन कृषि विकास मन्त्रालयले हरेक जिल्लालाई कुनै न कुनै बस्तु वा बालीमा आत्मनिर्भर बनाउने अभियानमा लागिरहँदा कृषि विकासको कुनै पनि संकेत नदेखिएकाले झोक्किएका हुन् । कार्यक्रममा सहभागी एक अधिकृतले भने सचिव त्यसरी झोक्किएलान् भन्ने कसैले पनि सोचेका थिएनन् । गोष्ठिमा प्रस्तुत गरिएको प्रगति विवरण देखेर सचिवको मुहारमा खुशी देखिएको थिएन । सम्वोधन गर्ने बेलामा यही किसिमले अगाडि बढे कृषिको विकास हुन सक्दैन भन्दै कृषिमा देख्ने गरी परिवर्तन गर्नै उनले निर्देशन पनि दिएका थिए । –प्रशिक्षर्थी पत्रकार – गोविन्द कोइराला

प्रकाशित मिति: बिहिबार, साउन २१, २०७२