बिहिबार, बैशाख १३, २०८१

प्रांगरिक खेतीलाई जोड दिन आग्रह

धार्दिङ्ग । प्रांगारिक कृषि पाठशालाले किसानहरुका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै यो अभियानलाई सफल बनाउका लागि कृषि क्षेत्रमा काम गर्नेहरु सम्पूर्णले हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वाँस्कोटाले जोड दिएका छन् । सेकार्ड नेपालले केवलपुरमा आयोजना गरेको प्रांगारिक कृषि पाठशालाको समापन समारोहलाई सम्वोधन गर्दै प्रमुख आयुक्त वाँस्कोटाले सो कुरा बताएका हुन् ।secard news

नेपाली कृषिलाई प्रांगारिक खेती तर्फ लैजाने अभियानमा लागिरहेको सेकार्ड नेपालले विभिन्न जिल्लामा प्रांगारिक कृषि पाठशाला सञ्चालन गरेर किसानहरुलाई प्रांगारिक खेती तर्फ उत्प्रेरित गर्दै आईरहेको छ । सोही बमोजिम धार्दिङ्गका ३९९ जना किसानहरुलाई सो संस्थाले प्रांगारिक कृषि पाठशाला सञ्चालन गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष महेश्वर घिमिरेले नेपालको कृषि उत्पादनलाई विश्वमाझ पु¥याउनका लागि पनि प्रांगारिक कृषि खेती अत्यन्तै महत्वपूर्ण भएको भन्दै यस तर्फ किसानहरुलाई सक्रिय गराउन आफूहरु लागिरहेको बताए । कार्यक्रममा सभासद् गुरुप्रसाद बुर्लाकोटीले पनि प्रांगारिक खेतीतर्फ किसानलाई उत्प्रेरित गर्नु पर्नेमा जोड दिएका थिए । प्रशिक्षर्थी पत्रकार – गोविन्द कोइराला

प्रकाशित मिति: शनिबार, साउन १६, २०७२