बिहिबार, बैशाख १३, २०८१

कृषि मन्त्री बामदेव की हरिप्रसाद पराजुली ?

काठमाडौं । असार १५ गते धान दिवसका अवसरमा काठमाडौंको मूलपानीमा भएको रोपाई महोत्सवमा प्रमुख अतिथिका रुपमा पुगेका तत्कालिन कृषि मन्त्री हरिप्रसाद पराजुलीले महिला माथि दूव्यवहार गरेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा मन्त्री पदबाट राजीनामा दिएका हरिप्रसाद पराजुली यतिखेर कहाँ छन् होला भन्ने चासो धेरैले लिएका छन् । मन्त्री पदबाट गलहत्याइएपछि हरिप्रसाद कुन दुलोमा छन् लुकेका होलान् भन्ने अनुमान आम नागकिरहरुले लगाइरहेका छन् । hari
नागरिकहरुले लगाएको अनुमान यथार्थ सहि हुन सक्छ । पूर्व कृषि मन्त्री हरिप्रसाद पराजुली अझैपनि सरकारी सवारी साधन सहित मन्त्री निवास हरिहरभवनमा बसिरहेका छन् । हरिप्रसाद पराजुलीले हरिहरभवनमा रहेको मन्त्रि निवासको मन्त्री छँदा आपूmले प्रयोग गरेको क्वाटर छाडे पनि उनी सो निवाससँगै रहेको गृहमन्त्रीले प्रयोग गर्दै आईरहेको अतिरिक्त भवनमा बसिरहेका छन् ।
हरिप्रसाद पराजुली पूर्व कृषि मन्त्री भएपनि उनको हैसियत भने कृषि मन्त्रीको भन्दा कम छैन । कृषि विकास मन्त्रालयको मन्त्रीस्तरबाट सदर गराउनु पर्ने फाइल बामदेवको क्वाटरमा बसेर हरिप्रसाद पराजुलीले नै टुङ्गो लगाउने र सदर गर्ने काम मात्र बामदेव गौतमले गर्ने गरिएको बुझिएको छ । पूर्वमन्त्री हरिप्रसाद पराजुली आफू विवादमा परेपछि मन्त्री पदबाट जसरी राजीनमा दिएका थिए त्यसैगरी नैतिकका आधारमा पनि मन्त्रालयको सवारी साधन तथा सरकारी भवन छोड्नु पर्ने थियो । तर उनले छाडेका छैनन्, राजीनामा दिएका मन्त्री कुन हैसियतमा मन्त्री क्वाटरभित्र बसिरहेका छन् भन्ने चर्चा यतिखेर कृषि क्षेत्रमा चल्न थालेको छ । कृषि विकास मन्त्रालयको कुनै पनि निर्णय गर्ने फाइलहरुको अन्तिम निर्णयकर्ताका रुपमा मन्त्री नभएपनि अझै मन्त्री सरहको हैसियतमा उनले काम गरिरहेको स्रोतले बताएको छ ।
कृषि विकास मन्त्रालय स्रोतका अनुसार उनले मन्त्री छँदा प्रयोग गर्ने गरेको रातो प्लेटको सवारी साधन पनि अझै मन्त्रालयलाई बुझाएका छैनन् । बाहिर हेर्दा मुलुकको कृषि विकास मन्त्रालय यतिखेर उपप्रधान तथा गृहमन्त्री समेत रहेका बामदेव गौतमले वैधानिक रुपमा सम्हालेको भएपनि त्यसको सम्पूर्ण जिम्मेवारी भने अझै पनि हरिप्रसाद पराजुलीले नै गरिरहेका छन् ।
कृषि विकास मन्त्रालयलाई उदृत गर्ने हो भने हरेक फाइल सदर गर्ने कि बदर गर्ने भन्ने अन्तिम टुङ्गो कृषि मन्त्री बामदेवले भन्दा पनि हरिप्रसाद पराजुलीले नै लगाउने गरेका छन् । पराजुलीले बामदेव कै क्वाटरमा बसेर मन्त्रालयको सम्पूर्ण कार्य गर्ने गराउने गरेको उच्च स्रोतले बताएका छ । – योगेन्द्रप्रताप शाही

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७२