मङ्लबार, बैशाख ११, २०८१

हाँकुको ९ को धानबाली सवै बगायो

जुम्ला १४ । वर्षापछिको बाढीले जुम्ला जिल्ला हाँकु गाविसको वडा नम्बर ९ नियाँपानीको सोमाल ज्युलोमा लगाईएको धानबालीमा क्षति प¥ुयाएको छ । सोमाल ज्युलोका लगाईएको ६५ मुरी धानबालीमा क्षति पु¥याईएको बताईएको छ । २० घरधुरीको खेतमा लगाईएको धानबालीमा क्षति पुगेको छ । खेतमा लगाईएको धान, आलु र कोदोबालीमा सबैभन्दा बढी क्षति पुगेको छ । आफुहरुले वर्षभरीको दुख गरेर लगाएको बाली बाढीले बगाए पछि स्थानिय चिन्तित भएका छन् । खेतमा लगाएको सबै बाली बर्षा पछि बाढीले बगाउँदा के खाने भनेर उनीहरु चिन्तित भएका हुन् । नियाँपानी गाउँमा रहेका २५ वटा घर खोलाको किनारामा भएको हुनाले जोखिम अवस्थामा रहेको प्रहरी सहायक निरिक्षक धर्मराज खड्काले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७२