शनिबार, फाल्गुन १२, २०८०

भूकम्प प्रभावित क्षेत्रमा भूकम्प प्रतिरोधी नमूना गोठ/खोर निर्माणका लागिपशु सेवा विभागबाट पारित मापदण्ड,२०७२

गोरखा जिल्लाको बारपाकलाई केन्द्र विन्दु बनाई गत बैशाख १२ गते ७.६ रेक्टर स्केलको भूकम्पले ठूलो धनजनको क्षति पु¥याएकोमा सोही महिनाको २९ गते ६.८ रेक्टर स्केलको आएको पराकम्पनले अझै ठूलो धनजन र प्राकृतिक सम्पदा समेतको क्षति भएको छ । यो महाविनाशकारी भूकम्पका साथै पटक पटक आएका पराकम्पनका कारणले हालसम्म ८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० हजारभन्दा बढीलाई घाइते बनाएको छ । मानवीय क्षतिपछि दोश्रो महत्वपूर्ण मानिने पशुपंक्षी क्षेत्रमा समेत ठूलो क्षति पुग्न गएको छ ।
पशुपंक्षीजन्य हानी नोक्सानीका सम्बन्धमा सम्बन्धित जिल्ला पशु सेवा कार्यालयले जिल्लागत रुपमा तयार गरी सम्बन्धित क्षेत्रीय पशु सेवा निर्देशनालय हुँदै पशु सेवा विभागसम्म आइपुगेका विवरण अनुसार हालसम्म १७,२९२ ठूला चौपायाहरु ४०,९७६ साना चौपायाहरु तथा लाखौंका संख्यामा पंक्षीहरुको क्षति हुनका साथै करिव १,००,००० गोठ/खोरहरु नष्ट भएका छन् । जीवित पशुहरुमध्ये पनि ठूलो संख्यामा जनावरहरुलाई भूकम्पको कारणले गर्दा आत्तिने, दानापानी नखाने, अस्वभाविक व्यवहारको प्रदर्शन गर्ने, तुहिने जस्ता लक्षणहरु देखिएका छन् । यी कारणहरुले गर्दा भूकम्प प्रभावित जिल्लाहरुका कृषकहरु थप मारमा परेका छन् । लाखौं घर तथा गोठ/खोरहरु भत्किएकाले, जीवित अवस्थामा रहेका पशुहरुलाई समेत सुरक्षित बासको व्यवस्था गर्न नसकिएमा यो क्षति झन बढ्न गई स्थितिले विकराल रुप लिन सक्ने सम्भावना प्रशस्तै देखिन्छन् । यसो भएतापनि प्रभावित कृषकहरु आफैले पशुपंक्षीहरुका लागि गोठ/खोर बनाई तिनीहरुलाई सुरक्षित रुपमा राख्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा प्रभावित कृषकहरुले सम्बन्धित निकायबाट सहयोगको अपेक्षा गर्नु स्वभाविकै हो ।
नेपाल सरकार, कृषि विकास मन्त्रालय र पशु सेवा विभागको पहलमा विभिन्न दातृ संस्थाहरुसँगको बैठक, छलफल भएपश्चात केही राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाहरुले यस क्षेत्रमा सहयोग गर्ने बचनवद्धता प्रकट गरेकोले यस्ता सहयोगबाट निर्माण गरिने पशुहरुको गोठ÷खोर निर्माणमा एकरुपता ल्याउने, गोठ/खोरहरु प्राविधिक रुपमा उपयुक्त हुनुका साथै भूकम्प प्रतिरोधी बनाउनुका साथै सुलभ र आर्थिक हिसाबले समेत सस्तो र निर्माण गर्न सरल होउन् भन्ने हेतुले पशु सेवा विभागको मिति २०७२/३/९ को निर्णयानुसार पशु उत्पादन निर्देशनालय, हरिहरभवनका वरिष्ठ पशु विकास अधिकृत डा. लोक नाथ पौडेलको संयोजकत्वमा वरिष्ठ पशु विकास अधिकृत डा. दमयन्ती श्रेष्ठ, वरिष्ठ पशु विकास अधिकृत डा. प्रदिपचन्द्र भट्टराई, Nepal Market Development Program/SAMARTH का सल्लाहकार इञ्जिनियर श्री पोषण के.सी. र/ HIMALI Project का इञ्जिनियर श्री प्रह्लाद चापागाँई सम्मिलित ५ सदस्यीय समितिको गठन भएको थियो । उक्त समितिले तयार गरेको “भूकम्प प्रतिरोधी नमूना गोठ/खोर निर्माणका लागि मापदण्ड, २०७२” पशु सेवा विभागका महानिर्देशक डा. केशव प्रसाद प्रेमीको अध्यक्षतामा मिति २०७२/४/१ गते बसेको वैठकको निर्णयानुसार स्वीकृत भै लागू भईसकेको छ ।
भूकम्प प्रतिरोधी नमूना गोठ/खोर निर्माणका लागि मापदण्ड, २०७२ का निम्नानुसारका उद्देश्यहरु रहेका छन्ः
(क) भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरिने पशुहरुको गोठ÷खोर भूकम्प प्रतिरोधक बनाउने कार्यमा एकरुपता ल्याउने ।
(ख) दातृसंस्थाहरुबाट प्राप्त हुने सहयोग तथा काम गर्ने तौर तरिका र कार्यशैलीहरुमा एकरुपता ल्याई उत्पादन सामाग्री,       मालसमानहरुको उपलब्धता र वितरणमा समेत सहजता ल्याउने ।
(ग) दातृसंस्थाहरुले कार्य गर्ने क्षेत्र र कार्य विवरणमा स्पष्टता ल्याउने ।
(घ) गोठ÷खोर निर्माण कार्यमा संलग्न सरोकारवालाहरुका विचमा सहकार्य र समन्वयको स्थापना गर्ने र निर्माण कार्यमा सहजता   ल्याई सेवाग्राहीलाई सहज, सरल र छिटो÷छरितो रुपमा सेवा पु¥याउने ।
भूकम्प प्रभावित क्षेत्रमा गोठ÷खोर निर्माण गर्दा कृषकको चाहना, आवश्यकता र खर्चको अवस्थालाई समेत मध्यनजर गरी दातृसंस्थाले निम्नानुसारका तिन मोडलमध्ये कुनै एक वा एकभन्दा बढी प्रकारका गोठ÷खोरहरु निर्माण गरिदिन सक्नेछन् भनी मापदण्डमा उल्लेख गरिएको छः
मोडल नं. (१) वयस्क २ गोटासम्म गाई/भैंसी, २ बाच्छाबाच्छी/पाडापाडीहरु र ४ गोटा वयस्क बाख्रा र २ पाठापाठीहरु पालन गर्न सकिने ६ मिटर ह् ३ मिटर = १८ वर्गमिटरको संयुक्त गोठ तथा खोर ।
मोडल नं. (२) वयस्क ४ गाई/भैंसी, २ गोटासम्म बाच्छाबाच्छी÷पाडापाडी पालन गर्ने ६ मिटर × ३ मिटर = १८ वर्गमिटर भएको गोठ ।
मोडल नं. (३) ६ वटासम्म वयस्क बाख्रा र ४–६ पाठापाठीहरु अट्न सक्ने ३ मिटर × ३ मिटर = ९ वर्गमिटर भएको बाख्रामात्र पालन गर्ने खोर ।

मापदण्डमा संलग्न खर्चको अन्दाज र सामाग्रीहरुको विवरणमा उल्लेख भए मुताविक मोडेल नं. १ को गोठ/खोरका हकमा जम्मा लाग्ने रकम करिव रु. ६५,००० मध्ये सेवाग्राहीले अदक्ष ज्यामी तथा अन्य स्थानीय सामग्रीहरुको व्यवस्थापन गरी रु. १०,००० व्यहोर्नु पर्नेछ भने दातृसंस्थाका तर्फबाट रु. ५५,००० व्यहोरिने छ । त्यसै गरी मोडेल नं. २ र ३ का गोठ÷खोरका हकमा जम्मा लाग्ने रकम क्रमशः करिव ६०,००० र ३५,००० मा सेवाग्राहीले अदक्ष ज्यामी तथा अन्य स्थानीय सामग्रीहरुको व्यवस्थापन गरी क्रमशः रु. १०,००० र ५,००० व्यहोर्नु पर्नेछ भने दातृसंस्थाका तर्फबाट क्रमशः रु.५०,००० र रु. ३०,००० व्यहोरिने छ । गोठको नमूना र खर्चको विवरण मापदण्डको अनुसूचिमा स्पष्टसँग दिइएको छ ।

यस मापदण्डको कार्यान्वयनबाट हुने मुख्य मुख्य अपेक्षित प्रतिफल निम्नानुसार छन् :
(क) भूकम्पबाट प्रभावित क्षेत्रमा सेवाग्राहीलाई सहुलियतपूर्ण, प्राविधिक रुपले उपयुक्त र भूकम्प प्रतिरोधी हुने गरी गोठ÷खोरको व्यवस्था मिलाई पशुहरुलाई खराब वातावरणीय असरबाट समेत बचावट गर्न सकिने ।
(ख) जनावरहरुको उत्पादन र उत्पादकत्वमा वृद्धि भै सेवाग्राहीहरुको जीविकोपार्जनमा सुधार आउने ।
(ग) उपयुक्त किसिमका गोठ÷खोरहरुबाट मल र मुत्रको संकलन र व्यवस्थापन भै कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि हुने ।
(घ) सेवाग्राहीहरुलाई राहत दिलाउन सहकार्य गर्ने कार्यमा समन्वयात्मक भूमिकाको निर्वाह हुने ।
(ङ) विपतका बेलामा सरकार, विभिन्न दातृसंस्था र सरोकारवाला निकायहरु समेत सेवाग्राहीको साथमा छन् भन्ने स्पष्ट सन्देश जनताका माझमा पुग्न जाँदा उनीहरुको आत्मवल बढ्न गै आर्थिक तथा सामाजिक विकासले समेत गति लिने ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७२