शुक्रबार, चैत्र १६, २०८०

पशुपालनमा आकर्षण बढ्दो

काठमाडौं ९, श्रावण । पशु पालन व्यवसायलाई व्ययवस्थित र व्यवसायिक बनाउनका लागि युवा लक्षित कार्यक्रमलाई पशु उत्पादन निर्देशनालयले प्राथमिकता दिएको छ । आगामी आर्थिक बर्षका लागि पशु उत्पादन निर्देशनालयले नश्ल सुधार राष्ट्रिय अभियान, पशुको आहार राष्ट्रिय अभियानका कार्यक्रमहरु, युवा लक्षित कार्यक्रमहरुलाई निरन्तरता दिएको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले कृषि अनलाईनलाई बताएका छन् ।

Dr. loknathr
पौडेलका अनुसार पछिल्लो समयमा पशु पालन व्यवसाय तर्फ युवाहरुको आकर्षण बढ्दै गएको र अन्य पेशामा संलग्न व्यक्तिहरु समेत पशु पालन तर्फ लागि रहेकोले त्यसलाई दीगो बनाउनका लागि निर्देशनालय प्रतिवद्ध भएर लागि रहेको समेत बताए । पशुपालन तर्फ लगानी अत्यधिक बढिरहेकोले अवको केही बर्षभित्रै पशुजन्य उत्पादनमा मुलुक आत्मनिर्भरतातर्फ उन्मूख भएको बताउँदै डा. पौडेलले युवाहरुको बढ्दो आकर्षणलाई कायम राख्नु अहिलेको चुनौती भएको समेत बताए ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७२