बिहिबार, बैशाख १३, २०८१

करोड भन्दा बढीको अलैंचीको विरुवा विक्री

इलाम, ९ श्रावण । यो बर्ष इलाम जिल्लाबाट मात्र एक करोड भन्दा बढीको अलैंचीको विरुवा विक्री भएको छ । अलैची विकास केन्द्र पान्दाम, कृषि विकास कार्यालय इलाम र किसान समूहले उत्पादन गरेका २० लाख बढी अलैंचीको विरुवा मुलुकभर विक्री गरिएको छ । जिर्मले १ का कृषक याम अधिकारीले जिर्मले जातको पाँच लाख ६३ हजारवटा विरुवा विक्री गरेका थिए । अधिकारीले आफ्नो अधिकारी नर्सरी फार्म स्थापना गरेर विगत ६ बर्षद्येखि अलैचीको विरुवा क्रिी गर्दै आईरहेका छन् । हालसम्म ५ लाख ७३ हजार विरुवा विक्री भइसकेको अधिकारी बताउँछन् । अझै माग आईरहेकोले माग अनुरुप विरुवा उत्पादन धान्न गाह्रो भएको उनको भनाई छ । यो बर्ष मात्र अधिकारीले २८ लाख भन्दा बढीको विरुवा विक्री गरिसकेको जनाएका छन् ।
जिर्मले ३ कै बेदप्रसाद राईले १ लाख वटा विरुवा उत्पादन गरेर विक्री गरिसकेका छन् । त्यस्तै वाईवा अलैची नर्सरी फार्म स्थापना गरेर सोही ठाउँका भोलानाथ वाईवाले १ लाख ५० हजार विरुवा विक्री गरेका छन् भने विजु तथा डाठ दुवै खालको विरुवा इलामबाट निर्यात समेत भएको छ ।
एकमुष्ठ बाहेक किसानहरुल्े खुद्रामा समेत विक्री गर्ने गरेका छन् । मुलुक भरकै जिल्लामा अलैचीका लागि विरुवा इलामबाट निर्यात हुने भएकाले अझै विरुवाको माग बढ्दै गईरहेको छ । प्रति विरुवा ५ रुपैयाँका दरले विरुवा विक्री गरिने भएकाले किसानहरुले विरुवा बढी नै माग गर्ने अधिकारी बताउँछन् । उनी भन्छन् आगामी बर्ष १० लाख विरुवा उत्पादन गर्ने सोचाई राखेको छु।
मुलुकको पश्चि जिल्लाहरु दैलेख, सल्यान, रुकुम, रोल्पा, बाग्लुङ, गोर्खा, कास्की, चितवन, दाङ अछामसम्म इलामबाट विरुवा पुग्ने अधिकारीको दावी छ ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७२