काठमाडौं ९ श्रावण । राष्ट्रिय चिता तथा कफी विकास बोर्डले अघिल्लो साता अर्थोडक्स चियालाई ट्रेडमार्क दिन नपाउँदै विवाद शुरु हुन थालेको छ । मिहालय एशोसिएसनले उत्पादन गरेको अर्थोडक्स चियालाई ट्रेडमार्क प्रयोग गरी स्वदेशी तथा विदेशी बजारमा विक्री गर्नका लागि स्वीकृत दिएपछि चिया उत्पादन गरिरहेका व्यवसायीहरु बोर्डदेखि रुष्ट बनेका छन् । विगत लामोसमयदेखि सो चियालाई टे«डमार्क दिने विषयमा विवाद रहँदा रहँदै पनि बोर्डमा नयाँ कार्यकारी निर्देशक आए लगतै टे«डमार्क दिनुलाई शंकाका दृष्टिकोणले हेरिन थालिएको छ । सो ट्रेडमार्क प्रयोग गर्नका लागि प्रांगारिक प्रविधि वा एकीकृत शत्रुजीव व्यवस्थपन विधिद्धारा उत्पादित चिया हुनु पर्ने भएको भएपनि अर्थोडक्स चिया उत्पादन मापदण्ड भन्दा फरक किसिमले उत्पादन भईरहेको छ । नेपालमा उत्पादन भएको चियालाई विदेशी बजारसम्म खपत गराउने उदेश्यले यस्ता ट्रेडमार्क उपलब्ध गराउने गरिएको छ ।
तर पनि विगतमा नै तयार भईसकेको ट्रेडमार्कलाई पाखा लगाउँदै जर्मनी कम्पनीले तयार गरेको ट्रेडमार्कलाई निजी रुपमा प्रयोग गर्न मापदण्ड विपरित बोर्डका पदाधिकारीहरुले उपलब्ध गराएको भन्दै इलाम, झापा लगायतका चिया उत्पादकहरु आक्रोशित बनेका छन् । नेपालको आफ्नो छुट्टै पहिचान सहितको ट्रेडमार्क लोगो हुँदा हुँदै अर्को ट्रेडमार्क लोगो अर्थोडक्स चियालाई दिनुमा आर्थिक लेनदेन नै मुख्य कारण भएको आरोप लागेको छ । केही महिना अगाडि मात्र कार्यकारी निर्देशकका रुपमा आएका शेषकान्त गौतमले विवादित ट्रेडमार्क उपलब्ध गराएपछि कृषि विकास मन्त्रालयमा समेत यसले चर्चा पाउन थालेको छ ।
आर्थिक लेनदेनबाटै ट्रेडमार्क

Add Comment