मङ्लबार, बैशाख ११, २०८१

संविधानमा किसानका कुरा

काठमाडौं ७, साउन । जनसंख्याको करिब ७० प्रतिशत हिस्सा कृषकको रहेकाले नयाँ संविधानमा कृषिका मुद्दा समेट्न १५ बुँदे सुझाव संविधानसभा सचिवालयलाई पेस गरिएको छ । नयाँ बन्ने संविधानका लागि प्रस्तावित मस्यौदामाथि साना कृषकले पनि सुझाव दिएका हुन् । काठमाडैंमा आयोजिनत एक कार्यक्रममा एमालेका नेता माघव कुमार नेपालले कृषि क्षेत्रका सम्बद्ध निकायले तयार पारेको सामूहिक प्रस्तावलाई समावेश गर्न संविधानसभामा जोड दिएर कुरा उठाउने प्रतिबद्धता व्यक्त गरे । “भूमिको स्वामित्व, कृषि श्रमिकको अधिकार, पर्यावरणीय सुरक्षालगायत विषयलाई सम्बोधन गर्ने व्यवस्था  हुनु पर्नेमा उनले जोड दिएका थिए ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले “कृषिको आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रीकरणबाट कृषि क्षेत्रको विकास गर्ने विषयमा देशलाई डो¥याउने विषयलाई संवैधानिक रूपमै ग्यारेन्टी गर्न पहल  गर्ने बताए ।

प्रकाशित मिति: बिहिबार, साउन ७, २०७२