बिहिबार, चैत्र १५, २०८०

पश्चिममा तरकारीको भाउ चकियो

वाँके, ७ साउन ।  मुस्लिम समुदायको रमजान महिना सुरु भएलगत्तैबाट तरकारी महङ्गो भएपछि नेपालगन्ज र सो वरिपरिका क्षेत्रमा हाल आएर तरकारी, मासु र फलफूलको मूल्य अत्याधिक बृद्धि भएको छ ।  मासु, फलफुल तथा तरकारीको माग बढ्दै जाँदा अधिकांश सर्वसाधारणले राम्ररी तरकारी खान नपाएको गुनासो गरेका छन् भने अर्कोतिर होटलहरुमा समेत तरकारीको मूल्य बढाएर खाना खुवाउने गरिएको छ ।   बर्षाको मौसम सुरु भएकोले तरकारी उत्पादन घटेको कारण एक्कासी तरकारीको मूल्य बृद्धि भएको नेपालगन्जस्थित केन्द्रिय तरकारी मण्डीले जनाएको छ ।
यसैगरी मासुको माग गत एक महिनादेखि अत्याधिक बढेको र कुखुरा तथा खसी पाउन समस्या भएकाले मासुको समेत मूल्य बढाउनु परेको मासु व्यवसायी संघहरुले जनाएका छन् । गत केही समययता जिल्लामा कुखुरा पाउन छाडेपछि मासुको मूल्य बढाईएको व्यवसायी बताउँछन् ।
सोही प्रकारले अहिले फलफूलको पनि माग धेरै बढेको र बाहिरबाट निकै कम मात्रामा फलफूल आउने गरेकाले मूल्य बृद्धि गरिएको स्थानीय फलफूल मण्डीले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, साउन ७, २०७२