काठमाडौं । गत बैशाख १२,१३ र २९ गते गएको महाविनासकारी भूकम्पका कारण प्रभावित बनेका किसानहरुलाई राहत बाँड्ने नाममा भएको अनियमितता विस्तारै फर्दाफास हुन थालेको छ । कृषि विकास मन्त्रालयलाई साक्षी राखी दातृ निकायहरुले किसानहरुलाई धानको बीउ, बर्षे खेतीका लागि आवश्यक तरकारी लगायतका वीउहरु गुणस्तरहीन बाँड्दा पनि सरोकारवाला निकाय कृषि विकास मन्त्रालय कानमा तेल हालेर बसिरहेको छ ।
कृषि विकास मन्त्रालयले नै भूकम्प पीडित किसानहरुलाई राहतका नाममा सहयोग गर्नेहरुले कृषि विकास मन्त्रालयसँग समन्वय गरेर मात्र वीउ वितरण गर्न भनिएपनि कतिपय गैरसरकारी संस्थाहरुले त कृषि विकास मन्त्रालयलाई थाहा नै नदिई बीउ वितरण गरेका थिए । साना गैरसरकारी संस्थाको त कुरै छाडौं संयुक्त राष्ट्र संघ खाद्य तथा सुरक्षा संगठन FAO ले बाँडेको धानको बीउ नै गुणस्तरहीन फेला परेपछि धार्दिङ्ग, गोर्खा, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा लगायतका जिल्लामा त्यसको चर्को विरोध समेत भएको थियो । उम्रेको धानको बीउ वितरण भएको समाचार कृषि अनलाईनमा प्रकाशित भएपछि वीउ वितरण गर्ने जिम्मेवारी लिएको राष्ट्रिय बीउ विजन कम्पनीलाई त्यसमा संलग्नलाई तत्काल कार्वाह ीगर्न कृषि विकास मन्त्रालयले पत्राचार नै गरेको थियो । करीव एक करोड रुपैयाँको सहयोग गरेको संयुक्त राष्ट्र संघ खाद्य तथा सुरक्षा संगठन FAO भित्रको कमिशनका कारण नै गुणस्तरहीन बीउ किसानलाई बाँडिएको तथ्य बाहिर आएको थियो ।
यतिखेर फेरि संयुक्त राष्ट्र संघ खाद्य तथा सुरक्षा संगठन FAO विवाद आएको छ । किसानहरुलाई बीउ तथा खाद्यान्न सुरक्षित गर्नका लागि अमेरिकन प्रविधिबाट फिलिपिन्समा बनेको सुपर ग्राण्ड व्याग भन्दै नक्कली प्लाष्टिक व्याग वितरण गरेर लाखौंको कमिशनको खेलमा लागेका छन् । ४ महिना भन्दा बढी सुरक्षित गर्न नसकिने PICS bag लाई नै super Grain Bag भन्दै किसानहरुलाई वितरण गर्न थालिएपछि सक्कली FAO को नक्कली काम पर्दाफास भएको हो । नार्क लगायत विभिन्न सम्वन्धित सरकारी निकायबाट प्रमाणित भएको सुपर ग्राण्ड ब्याग भन्दै नक्कली प्लाष्टिक किसानहरुलाई वितरण गरे अन्याय गरिरहेको FAO का प्रतिनिधिले नक्कली व्याग वितरणको कुरा बाहिर नल्याउने केही वितरकहरुलाई फकाउन तल्लीन रहेका छन् । करीव ३२५ मूल्य पर्ने सुपर ग्राण्ड ब्याग भन्दै एक सय पनि नपर्ने PICS ब्याग वितरण गरेर पीडित किसानहरुलाई झन् पीडा थप्पे काम FAO ले गरिरहेको छ ।
किसानहरुलाई वितरण गरिएको सो व्यागका बारेमा FAO को नेपाली प्रतिनिधि डा. विनोद शाहलाई कृषि अनलाईनले कुरा गर्दा उनले किसानहरुलाई ब्याग चाहिएको हो हामीले सहयोग गरेका हौं अरु कुरा तपाईलाई किन चाहियो भन्ने जवाफ दिएका थिए । FAO ले वितरण गरेको सो व्याग तीन महिना पनि नटिक्ने गुणस्तरहीन किन बाँडियो भन्ने प्रश्नमा उनले केही भन्न चाहेनन् ।
कृषि विकास मन्त्रालयका प्रवक्ता डा. उदयचन्द ठाकुर भने मन्त्रालयसँग समन्वय गरेर वा स्वीकृत लिएर यस्तो कार्य गरेको आफूलाई जानकारी नभएको बताउँछन् । मन्त्रालयसँग समन्वय नगरी र स्वीकृति नलिई किसानलाई कुनैपनि सहयोगका नाममा गुणस्तरहीन बीउ, भण्डारण व्यागहरु बाँडिए कार्वाही गरिने उनको तर्क छ । तर यतिखेर FAO ले बाँडेको भन्दै Care Nepal, ACF, Phase Nepal लगायतले गुणस्तरहीन मानिएको PICS ब्याग किसानलाई वितरण गरिरहेका छन् । किसानहरुलाई वितरण गरिएको गुणस्तरहीन प्लाष्टिक व्यागलाई तत्काल नरोकिए यसले भविष्यसम्म असर पु¥याउने कृषि विज्ञहरुको भनाई रहेको छ । – विशेष सम्वाददाता
कमिशनको चक्करमा FAO ले बाँड्यो गुणस्तरहीन भण्डारण ब्याग

Add Comment