बिहिबार, बैशाख १३, २०८१

कृषि पत्रकारितालाई राजनीतिले थिचेको छ

काठमाडौं, ४ श्रावण । राजनीतिले पत्रकारिता क्षेत्रलाई थिचिराखेको अवस्थामा कृषि साप्ताहिक प्रकाशनको उत्साहपूर्व चार बर्षे यात्रा महत्वपूर्णभएको डा. अमरबहादुृर शाहले बताएका छन् । कृषि साप्ताहिक चौथौ बर्षमा प्रवेश गरिरहँदा कृषि साप्ताहिकले विगतमा गरेका कामको प्रशंसा गदै डा. शाहले सो कुरा बताएका हुन् । अझै पनि नेपाल जस्तो कृषि प्रधान देशमा कृषि साप्ताहिक जस्ता प्रकाशनलाई अझ व्यापक रुपले सवै जिल्ला र गाउँ सम्म र सम्भव भए व्यवसायिक रुपमले कृषिमा संलग्न हुन चाहने कृषक व्यवसायीहरुको माझमा पु¥याउन सके राम्रो हुन्थ्यो उनको भनाई छ । dr amae
यदि सम्भव भए यो पत्रिका दैनिक नभए पनि साप्ताहिकमा नै ब्रोडसिटको रुपमा निकाल्दा राम्रो हुन्थ्यो कि भन्ने मलाई लाग्दछ । अहिलेसम्म प्रकाशन समूहले गरेको काम प्रशंसनीय छ आगामी दिनमा अझै सफलताको शुभकामना दिन चाहन्छु ।
विशेष गरी नयाँ प्रविधि पस्कनु निकै नै लाभदायक छ । अहिलेका किसान भनेको शिक्षित नयाँ पुस्ता नै हो । उनीहरु कृषि पेशामा कि लाग्दैनन । यदि कृषिमा संलग्न भएभने परम्परागत भन्दा अलि फरक रहेर प्रविधिको प्रयोग गर्ने र सकेसम्म श्रम कमगर्ने र मेशिनरी उपकरणको प्रयोग बढी गर्न चाहन्छन् । त्यस्ता खालका जानकारी पत्रिकामा समेट्नु आवश्यक देखिन्छ । स्वभाविक रुपले समयानुकुल कृषि सम्वन्धि र प्राविधिक पक्षको जानकारी दिने र अहिले उपलब्ध सस्तो प्रविधि हामीले प्रयोग गर्न सक्ने गरी सूचनाहरु संप्रेषण गर्न सक्यौ भने नेपाली कृषि प्रणालीमा अत्यन्तै सकारात्मक रुपमा विकास हुन्थ्यो ।
कृषि सम्वन्धि औजार,उपकरण प्रविधिहरुको त्यत्ति प्रचार हुँदैन जति उपभोग्य सामग्रीहरुको हुन्छ । त्यसले कृषि सामग्रीको प्रयोग गर्ने किसानहरुका लागि प्रविधि तथा उपकरणहरुको उपलब्धता, उपयोग, उपादेयता सम्वन्धि जानकारी बढि दियो भने कृषि साप्ताहिक अझ प्रभावकारी हुन्थ्यो । साथै कृषि बस्तुहरुको बजार मूल्यलाई पनि समेट्न सक्ने हो भने उत्पादक र उपभोक्ता दुवैलाई फाइदा हुन्थ्यो ।

प्रकाशित मिति: सोमवार, साउन ४, २०७२