बिहिबार, चैत्र १५, २०८०

१०० थान पावर टिलरमा अनुदान

सुनसरी,४ श्रावण । जिल्ला कृषि विकास कार्यालय, सुनसरीले आ.व.२०७१÷०७२मा विभिन्न कृषक÷कृषक समूह÷सहकारी संस्थाहरुलाई १०० थान पावर टिलर २५% अनुदानमा उपलब्ध गराएको छ । कृषि पेशालाई आधुनिक, व्यवसायिक एवम् प्रतिस्पर्धी बनाउन र युवा जनशक्तिलाई आकर्षण गर्न नेपाल सरकारले कृषि यान्त्रीकरणमा अनुदानको व्यवस्था गरे अनुरुप उक्त अनुदान उपलब्ध गराईएको कुरा कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा.रवीन्द्र नाथ चौबेले जानकारी दिए । कृषि विभाग अन्तर्गत कृषि इन्जिनियरिङ्ग निर्देशनालय मार्पmत प्राप्त उक्त अनुदान सुनसरी जिल्लाका कृषक÷समूह÷संस्थाहरुको लागि कुल ४० लाख रकम अनुदानको जिल्लागत कोटा प्राप्त भएकोले १०० थान चाइनीज पावर टिलरमा २५% (प्रति ट्रेक्टर रु.४०,०००।–) का दरले अनुदान उपलब्ध गराएको कार्यालयले जनाएको छ । कृषकहरुको लागि वहुउपयोगी उक्त पावर टिलरले कृषिमा मजदूरको समस्यालाई सम्बोधन गर्नुका साथै उत्पादन लागतमा न्यूनीकरण हुने एवं समयमै खेती भई प्रति इकाई उत्पादन बृद्धि हुने भएकोले यसप्रति कृषकहरुको आकर्षण बढदो छ ।

प्रकाशित मिति: सोमवार, साउन ४, २०७२