शुक्रबार, चैत्र १६, २०८०

कृषि सञ्चारलाई उपेक्षा

काठमाडौं, ४ श्रावण । मुलुकको आमूल परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चार क्षेत्रलाई बजेटले सम्वोधन गर्न सकेन । सञ्चार क्षेत्रलाई समेट्न नसकेको भन्दै नया“ बजेटमाथि पत्रकारहरुको पेशागत संस्था पत्रकार महासंघले विरोध पनि जनाइसकेको अवस्था छ । महासंघ लगायत अन्य सञ्चार संस्थाहरुले पनि बजेटलाई महत्वपूर्ण ढंगले लिएका छैनन् । हुन त नया“ बन्ने संविधानमै पत्रकारिता क्षेत्रलाई अंकुश लगाउने संकेत देखिएपछि सर्वत्र संविधानको मस्यौदामाथि धेरै नै टिका टिप्पणी नभएका पनि होइनन् । संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भईरहेका बेला सञ्चार क्षेत्रलाई उपेक्षा गर्नुलाई सहज रुपमा लिनु पर्ने अवस्था देखिएको छ । त्यसमाथि पनि कृषि सञ्चारको कुरा गर्ने हो भने कृषि सञ्चार क्षेत्रलाई त उपेक्षा मात्र होइन कहिं कतै कसैले पनि सम्वोधन गर्न सकिएको देखिंदैन ।
कृषि सञ्चार विना किसानहरुले प्रविधि विस्तार होस् वा नया“ कृषि विकासका बारेमा जानकारी पाउन सक्ने अवस्था छैन । किसानहरुलाई जवसम्म चेतना अभिबृभि गर्न सकिंदैन तवसम्म कृषि क्षेत्रको व्यवसायिकरण र कृषि क्षेत्रमा आत्मनिर्भरताका कुरा केवल कुरामा मात्र सिमित हुने देखिन्छ । किसानहरुलाई कृषिका विविध पक्षको जानकारी गराउने उदेश्यले कृषि विकास मन्त्रालयले सरकारी सञ्चार माध्यमलाई करोडौं रुपैया“ खर्च गरेर उपयोग गर्न खोजेपनि त्यसले परिवर्तन एवं किसानको पहु“चमा सहजता ल्याउन नसकेको अनुभूति गर्न थालिएको छ ।
सञ्चार क्षेत्र कृषि सञ्चारले जस्तो भूमिका निर्वाह गर्नु पर्ने थियो त्यो गर्न सकेको छैन । यतिखेर नेपालको आर्थिक मेरुदण्डलाई बलियो बनाउनका लागि कृषि क्षेत्रको विकास अनिवार्य छ । त्यसका लागि कृषि प्रधान देशमा रुपमा रहेको नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनु पनि त्यत्तिकै महत्वपूर्ण छ । जवसम्म कृषिमा आत्मनिर्भर बन्न सकिंदैन तवसम्म नेपालको आथिक अवस्था सुध्र्रन्छ भन्नु आ“खामा छारो हाल्नु बाहेक केही पनि होइन । त्यसकारण बखेल्ती रुपमा रहेका सञ्चार माध्यमहरु मध्ये कृषि क्षेत्रमा आफूलाई उभ्याईरहेको कृषि सञ्चार क्षेत्रलाई अगाडि बढाउनु पनि उत्तिकै जरुरी छ । कृषि सञ्चार क्षेत्रलाई यतिखेर सरोकारवाला मन्त्रालय कृषि विकास मन्त्रालयले त्यत्ति धेरै चासो दिएको जस्तो देखिंदैन । कृषि क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई अगाडि बढाउनु पर्दछ भन्ने सोच र अभियानमा जुटेको कृषि विकास मन्त्रालयले निजी क्षेत्रका कृषि सञ्चारलाई किन सम्वोधन गर्न सकेन ? कृषि सञ्चारलाई किन उपेक्षा गरिएको छ । कृषि सञ्चारलाई पाखा लगाएर आमूल परिवर्तन र विकास खोज्नु उचित होला त ?

प्रकाशित मिति: सोमवार, साउन ४, २०७२