बिहिबार, बैशाख १३, २०८१

चिराइतोको माग बढ्दो

काठमाडौँ,  १ साउन । जैविक विविधताको देश नेपालमा विभिन्न जडीबुटी पाइन्छन् भने चिराइतो महत्वपूर्ण जडीबुटी हो । चिराइतो विगत देखि नै महत्वपूर्ण मानिँदै आएको छ । चिराइतो विशेष गरी पहाडी जिल्लामा पाइन्छ भने यो जमिनको सतहबाट एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्म अत्यधिक हुने गर्छ । खास गरी यो पूर्वाञ्चल र मध्यमाञ्चलका पहाडी जिल्लामा पाइने गर्छ । दुई वर्षसम्म बाँच्ने चिराइतो ६० देखि १२५ सेन्टी मिटरसम्म अग्लो हुन्छ । नेपालमा पाइने २७ प्रकारका चिराइतोमध्ये पाथी चिराइतो व्यापारिक दृष्टिकोणले सबैभन्दा बढी कारोबार भएको पाइन्छ भने ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने भएकाले यसको माग बढी रहेको वनस्पति विभागका प्रचारप्रसार शाखा अधिकृत सुनिता बासुकलाले बताउनुभयो । छ जिल्लामा विभागका कार्यालयहरु रहेको र जिल्लाबाटै किसानलाई अनुदान दिने गरिएकाले कार्यालय नभएको जिल्लाले आफ्नो नजिकै रहेको जिल्ला कार्यालयमा सम्पर्क गरी अनुदान लिन सकिने र उत्पादन गरिएको जडीबुटी जिल्ला जिल्लाबाटै सङ्कलन गरी विभिन्न देशमा निर्यात गर्न सकिने उहाँले उल्लेख गर्नु भयो ।

प्रकाशित मिति: शनिबार, साउन २, २०७२