बिहिबार, बैशाख १३, २०८१

किसानको विचल्ली : ढुटोभन्दा धान सस्तो

काठमाडौं । चैतेधानको विक्रीमूल्य अप्रत्याशित रुपमा घटेपछि चितवनका किसान चिन्तित बनेका छन् । गएको बर्ष प्रतिक्विन्टल दुई हजार दुई सय रुपैयाँभन्दा माथिको भाउ पाएको चैतेधानको मूल्य अहिले प्रतिक्विन्टल एक हजार एक सयमा झरेको छ । धान कुट्दा निस्कने ढुटोभन्दा चैतेधानको मूल्य सस्तो भएपछि किसानहरु धान  विक्री गर्ने कि नगर्ने दोधारमा परेका मात्र होइनन् । उनीहरुको विचल्ली नै हुने संकेत देखिएको छ । dhan
धानको ढुटो खरिद गर्दा प्रतिकिलो २८ रुपैयाँ पर्दछ । चैतेधान विक्री गर्दा किसानहरुले प्रतिकिलो ११ रुपैयाँ पाउँछन् । यो हिसवाले ढुटो भन्दा धानकोमूल्य रुपैयाँ कम परेको छ । धान सस्तिएपछि किसानको लागत मूल्यपनि उठ्न नसक्ने भएको छ । मेसिन लगाए। भित्र्याउनु पर्ने धान विक्री गर्दा ज्यालासमेत नउठ्ने भएपछि ऋण तिर्न समस्या परेको किसानहरु बताउँछन् ।
किसानहरुले धान काट्ने र झार्न प्रतिघण्टा छ हजार रुपैयाँ तिर्नु परेको छ । त्यही धान विक्री गर्दा क्विन्टलको एक हजार एक सय रुपैयाँ आउँछ । यस्तो अवस्थामा किसानहरुले आफ्नो लागत मूल्य नपाउने प्रष्ट देखिएको छ ।
चैतेधानका लागि पूर्वी चितवलाई पकेट क्षेत्रका रुपमा लिएको छ । जिल्लाका पाँच हजार हेक्टर क्षेत्रफलमा लगाइएको चैतेधानको मूल्य यसबर्ष शुरुमा प्रतिक्विन्टल एक हजार ६ सय रुपैयाँ थियो । लगातार मूल्य घटेर अहिले एक हजार एक सय झरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि कार्यालयका अनुसार चैतेधान खरिद गर्नसमुदाय सीमान्तकृत, मजदुर, पहाडी समुदायका गरिव, उत्पीडित जनजातिलगायतहुन् । ती समुदाय भूकम्पबाट पीडित भएकोर उनीहरुलाई विभिन्न निकायबाट राहतका लागि चामल गएकाले खरिद  गर्नेको संख्या घटेको कार्यालयले जनाएको छ ।
चैतेधान पहाडी क्षेत्रका व्यक्तिले खरिद गर्नेगरेको समेत सो क्षेत्रका किसानहरु बताउँछन् । भूकम्काका कारण आर्थिक अवस्था कमजोर भएको र राहतको चामल पाएपछि खरिद गर्ने मानिस घटेको छन् ।
चैतेधानको मुख्य उपभोगकर्ता नै ती समुदाय भएको र उनीहरुले निःशुल्क चामल पाएपछि त्यसको प्रत्यक्ष असर परेको कृषि विकास कार्यालयले जनाएको छ । मंसिरमा पाक्ने धानको तुलनामा मूल्य सस्तो हुने भएकाले कम आयआर्जन  हुनेहरुले चैतेधान खरिद गर्ने गरो जिल्ल कृषि किास कार्यालयले जानकारी दिएको छ ।
चैतेधानको विक्री गरेर बर्षेधान खान राख्ने चलन चितवनमा रहेको छ । छोटो समयमा फल्ने, त्यही धान विक्री गरेर बर्षे धानबाली लगाउने चलन रहेकाले मूल्य नपाउँदा बर्षेधानमा समेत असर पर्ने देखिन्छ । गएको बर्ष चितवनमा चार हजार आठ समय हेक्टरमा लगाइएको चैतेधान २० हजार मेट्रिकटन उत्पादन भएका थियो । – सुर्यप्रकाश कँडेल  

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७२