शुक्रबार, चैत्र १६, २०८०

केयुवीकेले ग¥यो छलफल

काठमाडौं, ३१ असार । कृषि विकास मन्त्रालय पश्चिमाञ्चलको ६ वटा जिल्लामा सञ्चालित किसानका लागि उन्नत बीउ विजन कार्यक्रमले परियोजना सञ्चालन समितिको वैठक सम्पन्न गरेको छ । कृषि विकास मन्त्रालयका सचिव अध्यक्ष रहने सो कार्यक्रमको सञ्चालक समितिको वैठक कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको अध्यक्षतामा आज कृषि विकास मन्त्रालयमा सम्पन्न भएको छ ।
सो वैठकलाई सम्वोधन गर्दै कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले किसानका लागि उन्नन वीउ विजन कार्यक्रमले आफ्नो लक्षित क्षेत्रमा गरेका कामहरुको ग्रामिणभेगबाट नै प्रशंसा भईरहेकोले किसानहरुले गरेको प्रशंसालाई कदर गर्दै अझ दृढ बढि सक्रियताका साथ कार्य गर्नु पर्ने बताए ।
कार्यक्रममा परियोजना सञ्चालनदेखि हालसम्मको अवस्थाका बारेमा कार्यत्रपत्र प्रस्तुत गर्दै आयोजना निर्देशक लक्ष्मण पौडेलले आयोजनाको प्रगति विवरण समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिवहरु, मन्त्रालय मातहतमा सञ्चालनमा रहेको परियोजनाका प्रमुखहरु, किसानका लागि उन्नन बीउ विजन कार्यक्रमका साझेदारी संस्थाका प्रतिनिधिहरुले समेत आयोजनाका बारेमा भनाई राखेका थिए ।

प्रकाशित मिति: बिहिबार, असार ३१, २०७२