शुक्रबार, चैत्र १६, २०८०

सिरहा र सप्तरीको आँप उदयपुरमा

उदयपुुुर, असार २९ । अहिले आँपको मौसम रहेको छ । सदरमुकामगाईघाट लगायतका कटारी, वेल्टार बजारमा उदयपुरमाभन्दा बाहिरबाट भित्रिएको आँपको विक्रीउच्च रुपमाभएको छ । गएको वैशाख १२ गतेको विनासकारी भूकम्पपछि जेठ ९ गतेको हवाहुरीले आँपमा ठूलो क्षतिपुगेपछि जिल्लाबारिबाट आएको आँपको विक्रि बढेको हो ।mango
जिल्ला कृषि विकास कार्यालयका बालिविकास अधिकृत रामसेवक ठाकुरले जेठ २ गतेदिखनिरन्तर आएको हावाहुरीले जिल्लाको कटारी नगरपालिका, त्रियुगा, वेल्टार–वसाहातथा रिस्कु, हडिया, पञ्चावती, जोगिदह लगायतका आँप उत्पादन हुने गाँउविकास समितिमा ठूलो क्षति पुगेकोले जिल्ला बाहिरबाट उदयपुरका बजरमाआँपको माग बढेको बताए । उनले यहाँको न्युनतम मूल्य अनुसार छ करोडमन्दा माथि क्षति पुगेको भन्दै जिल्लमा कृषकले ६ सय ५५ हेक्टरभन्दा बढीको क्षेत्रफलमा आँपलगाएको समेत बताएका छन् । कुल आँप उत्पादनको आधरमा जिल्लामा ७० प्रतिशत आँप उत्पादनमा यस वर्ष कमी आएकाले सिरहा, सप्तरी लगायतका बाहिर बजारबाट ठूलो परिमाणमा आँप भित्रिएको छ ।
गतबर्ष १० हजार एकसय ५२ दशमलवदुई मेट्रिकटन उत्पादन भएको थियो भने यसबर्ष सोहि उत्पादनको ३० प्रतिशतमात्र उत्पादन भएको कार्यालयको दावी रहेको छ । आँपउत्पादन हरेक वर्ष एकै नासको नहुने भएपनि यस वर्ष आपँलाई हावाहुरीले धेरै मात्रमा क्षति पुगेको अधिकृत ठाकुरको भनाई छ । आँप उत्पादनका लागि उदयपुरमा उत्पादनशिल माटो र हावापानी भए पनि जिल्लाका किसान विस्तारै लाग्न थालेका थिए । म्मवाई, कलकत्ते, मलदह लगायत जातका आँपहरु लगाइने गरेको छ । विदुर कटवाल

प्रकाशित मिति: मङ्लबार, असार २९, २०७२