बिहिबार, बैशाख ६, २०८१

ट्राउट पाल्ने किसानलाई राहत

काठमाडौं, २९ असार । मत्स्य अनुसन्धान केन्द्र नुवाकोटले आफ्नो जिल्लामा रहेका रेम्वो ट्राउट माटा पालन गरिरहेका किसानहरुलाई जिल्ला दैवी उद्धार समितिबाट निर्णय गराई नगद राहत दिने भएको छ ।
विनासकारी महाभूकम्पले माछापालन गर्दै आईरहेका किसानका अधिकांशा माछा फार्ममा क्षति पुगेको थियो । कृषि विकास मन्त्रालयले क्षति स्वरुप उपलब्ध गराएको १० लाख रुपैंयाँ  माछा पालन गर्ने किसानहरुलाई उपलब्ध गराउन लागिएको हो । जिल्लामा सञ्चालनमा रहेका ४० वटा रेम्बो ट्राउट माछा फार्मलाई प्रतिफार्म २५ हजारका दरले नगद राहत वितरण गर्नका लागि जिल्ला दैवी उद्धार समितिले स्वीकृत गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, असार २९, २०७२