शनिबार, बैशाख ८, २०८१

भूकम्पबाट डेढ अर्ब बराबरको पशुधन नष्ट

सिन्धुपाल्चोक, २८ असार । भूकम्पबाट सिन्धुपाल्चोक जिल्लामा मात्र रु ४९ करोड ९३ लाख ९२ हजारबराबरको पशुपक्षी नाश भएको छ । भूकम्पका कारण सिन्धुपाल्चोकमा एक लाख २७ हजार ७०४ वटा पशुपक्षीको क्षति भएको छ । यसमा छ हजार ११८ ठूला पशु भएको र एक लाख ५६ हजार ९३ वटा पक्षी रहेको पशुसेवा विभागले बताएको छ । सिन्धुपाल्चोक र धादिङपछि गोरखा, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, सिन्धुली, दोलखा, काठमाडौँ र मकवानपुर जिल्लामा सबैभन्दा धेरै पशुधन क्षति भएको छ भने सबैभन्दा कम सर्लाही र ताप्लेजुङमा रु ६० हजारबराबरको मात्र क्षति भएको छ ।

प्रकाशित मिति: सोमवार, असार २८, २०७२