बिहिबार, बैशाख १३, २०८१

कैलालीमा करोडभन्दा बढीको बिमा

कैलाली, २८ असार । सरकारले दुई वर्षअघि लागू गरेको कृषि बिमा योजना प्रचार प्रसारका साथै कृषकमा चेतनाको कमीलगायतका कारण बिमा योजनामा धेरै किसान समेटिन नसकेको बताइएको छ । ज्ञानको कमीकै कारण बिमामा नसमेटिँदा बाली तथा पशुमा बर्सेनि हुने विभिन्न प्रकोपबाट पुग्ने क्षति व्यहोर्न किसान बाध्य हुँदै आएका छन् । किसानलाई यसप्रति आकर्षित गर्न सरकारले ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ । सरकारले कृषि बिमा योजना लागू गरेपछि कैलाली जिल्लामा उखु, तरकारी र केरा बालीमा गरी करिब रु एक करोड १९ लाखबराबरको बिमा भएको छ । जिल्ला कृषि विकास कार्यालयले उखु, तरकारी र केरा बालीमा बिमा गर्ने किसानको सङ्ख्या करिब १०० पुगेको जनाएको छ ।
कृषि क्षेत्रमा लागेका किसानको जोखिम न्यून गर्न तथा कृषिलाई थप व्यवसायीकरण गर्न सरकारले विसं २०६९ बाट कृषि बिमा योजना लागू गरेको थियो । सुरुका वर्षमा ५० प्रतिशत प्रिमियम शुल्क (किसानले बुझाउनुपर्ने रकम) अनुदानसहित बिमा सुरु गरिए पनि किसान आकर्षित नहुँदा गत वर्षदेखि यसलाई वृद्धि गरी ७५ प्रतिशत पु¥याइएको हो ।

प्रकाशित मिति: सोमवार, असार २८, २०७२