मङ्लबार, बैशाख ११, २०८१

व्यापारीको बीउ भित्र्याउने होडबाजी, सरकारी निकायको मौनता

काठमाडौँ । किसानहरुका लागि कृषि उपज उत्पादन बृद्धि गर्नका लागि महत्वपूर्ण मानिएको बीउ उन्नत र गुणस्तर नपाउँदा किसानहरु मारमा परिरहेका छन् । पछिल्लो समयमा विभिन्न प्रकारका उन्नत जातको बीउ भित्र्याउने नाममा व्यापारीहरुको होडबाजीसँग किसानहरुले गुणस्तरीय बीउ सहज रुपमा पाउन सकेका छैनन् । गुणस्तर वीउ किसानहरुले सहज रुपमा पाउन नसकेपछि कृषि विकास मन्त्रालयले अघि सारेको उत्पादकत्व बृद्धि गर्ने योजना तुहिने सम्भावना बढ्दै गएको छ । seed
आगामी आर्थिक बर्षमा हरेक जिल्लालाई कुनै न कुनै बस्तु वा बालीमा आत्मनिर्भर बनाउने महत्वाकांक्षी योजना बाँड्दै हिडेको कृषि विकास मन्त्रालयले आफूले किसानहरुलाई गुणस्तर बीउ दिन नसक्नुलाई लज्जाका रुपमा महसुश गर्न सकेको छैन ।
महाभूकम्प पीडित भएका किसानहरुलाई राहतको बीउ वितरण गर्ने काममा समेत मन्त्रालय चुकिसकेको अवस्थामा किसानहरुले गुणस्तरयुक्त बीउ पाउन सक्ने अवस्था नदेखेपछि सरकारी संयन्त्रको कमजोरीको फाइदा उठाउँदै बीउ व्यापारीहरु भने उत्पादनमा बृद्धि ल्याउन नसकिने, म्याद नाघिसकेका बीउहरु पनि धमाधम विक्री गरिरहेका छन् । व्यापारीहरु सरकारललाई चुनौति दिँदै उन्नत् जात बीउ भित्र्याउने होडबाजी नाममा त्योसंगै विभिन्न खालका प्रकोपहरु पनि भित्र्याईरहेका छन् । यतिविध्न हुँदा पनि नत वीउविजन कम्पनीले अनुगमन गर्न सकेको छ । नत सरकारी राष्ट्रिय बीउ विजन कम्पनीले नै गुणस्तीय बीउ किसानसम्म पु¥याउन सकेको छ । उन्नत् जातकोे बीउ अहिलेकै तुलनामा भित्र्याउँदै जाने हो भने त्यसमा उब्जिने रोग प्रकोपको चुनौतिलाई राज्यले आगामी पाँच वर्षभित्रै सामना गर्न नसक्ने वीउ विज्ञहरुले नै बताउन थालेका छन् । कृषि क्षेत्रमा देखिएका मध्ये ५० प्रतिशतको हाराहारीमा मात्र सम्बोधन गर्न सकिरहेको परिप्रेक्षमा स्थानीय जातका बीउलाई संरक्षण गर्दै त्यसलाई उन्नत् जातमा परिणत गराउने अनुसन्धानलाई चुस्त बनाउनुपर्ने पर्नेमा निजी व्यवसायीहरुसँगको मिलमतोमा सरकारी अधिकारीहरु मस्त हुँदा नेपाली कृषि क्षेत्र नै धरापमा पर्ने हो कि भन्ने शंका पनि व्यक्त गर्न थालिएको छ । कृषि क्षेत्रमा निकै सुधार गरिएको राज्य पक्षबाट भनिदै आए पनि ५० आँै वर्षदेखि किसानले एउटै बाली, एउटै रोग र एउटै कीराको सामना गरिरहनु परेको अवस्थामा विज्ञहरूले सिफारिस नगरिएका बीउबिजन मुलुकको हावा पानी सुहाउँदो भयो भएन भनेर गहिरो अनुसन्धान नै नगरी भटाभट व्यापारीहरुलाई विक्री गर्न दिनु कत्तिको जायज होला । कुनै बेला व्यवसायिक रुपमा तरकारी खेती गर्नु पर्दछ भन्दै किसानहरुलाई टनेलखेती तर्फ आकर्षण गरिरहँदा श्रुजना जातको गोलभेंडालाई जर्वजस्ती लगाउने लगाउने कृषि विज्ञहरुका कारण त्यहीव सृजना जातको गोलभेंडाले किसानहरुलाई रुनु न हाँस्नु बनाएको छ भने अहिले त्यस्तै अर्को कविता जातको गोलभेंडाले पनि किसानहरुलाई इन्तु न चिन्तु बनाएको कृषि बैज्ञानिकहरु बताउँछन् ।
यद्यपी विगतमा उन्नत जातका नाममा किसानहरुलाई सिफारिस नभएको मकै तथा धानको बीउ विक्री गर्दा जुन समस्या आएको थियो त्यो समस्या फेरि दोहोरिने संकेत देखिएको छ । आगामी मंसिरमा किसानहरुले प्रभुल्लित भएर धान भित्र्याउन पाउँछन् कि पाउँदैनन् भन्न् कुरा नै शंका पनि परेको छ । त्यसकारण कृषि विकास मन्त्रालयका सम्वद्ध अधिकारीहरुले बीउ भित्र्याउने व्यापारीहरु माथि निगरानी राख्नु जरुरी छ ।

प्रकाशित मिति: आइतवार, असार २७, २०७२