बिहिबार, चैत्र १५, २०८०

गड्यौली मलले अर्गानिक गाउँ बनाउँदै

सुर्खेत, २३ असार ।  छिन्चु, मसिनाकी तारा चालिसेलाई पहिलेजस्तो मलको लागि वीरेन्द्रनगर पुग्नुपर्ने चटारो छैन । न त राम्रो मल नहुँदा उत्पादन कम हुन्छ कि भन्ने चिन्ता नै छ । उनी घरमै गड्यौली मल (जैविक मल) उत्पादन सुरु गर्न थालेपछि मलको लागि निश्चिन्त छिन् । मल उत्पादन भइरहेको छ, अब बारीमा प्रयोग गर्ने भइसकेको छ,’ व्यवसायिक रुपमा तरकारी खेती गरिरहेकी उनले भनिन्, “अब अर्गानिक खेती गर्ने सोच गराएका छौ” ।’surkhetn photo
मसिनामा गड्यौली मल उत्पादन गर्ने तारा एक्ली होइनन् । उनीजस्ता ५० स्थानीय किसानले मल उत्पादन गरिरहेका छन् । गत पुसबाट मल उत्पादन सुरु गरेका उनीहरुले अहिले मल उत्पादन गरिसकेका छन् । किसानले गाउँमा अर्गानिक खेती गर्ने सोचका साथ नमूनाको रुपमा जैविक मल उत्पादनमा सक्रिय भएका हुन् । जिल्ला कृषि विकास कार्यालयले २५ हजारका दरले भर्मी कम्पोष्ट मल (गड्यौली मल) उत्पादनका लागि प्रत्येक किसानलाई अनुदान दिएको छ । अहिले किसानले मल उत्पादन गर्नुका साथै गड्यौला पनि उत्पादन गरिरहेका छन् । साना किसान सहकारी संस्था  र कृषि समुह मार्फत कृषकहरु जैविक मल उत्पादनसंगै बालिमा रसायनिक मलको प्रयोग न्युनिकरण गर्न लागिरहेका छन् ।
गड्यौली मल उत्पादन भइसकेकोले अब बारीमा प्रयोग गर्ने भएको ताराले बताइन् । उनले भकारो सुधार गरेर पनि जैविक मल उत्पादनमा जोड दिएको बताइन् । हामीले अहिले गड्यौली मल उत्पादन र वृद्धिमा जोड दिएका छौ, तरकारी व्यवसायी ज्ञानु भुसालले भनिन्, अबको एक वर्षमा एक सय वटा घरमा गड्यौली मल उत्पादन गर्ने योजनामा छौ।’ उनले रासायनिक विषादीलाई न्यूनिकरण गर्नका लागि गाउँलाई नुमनाको रुपमा अर्गानिक गराउनतर्फ लागेको बताइन् । ‘एक ठाउँमा गड्यौली मल उत्पादन भएर पनि प्रयोग गर्ने भइसकेको छ,’ भुसालले भनिन्, हामी सहकारी र कृषि समूहबाट लागि रहेका छौं ।’
ववसायिक तरकारी खेती गरिरहेका मसिना गाउँमा कृषकहरुले रामै्र आम्दानी पनि गरिरहेका छन् । उनीहरुले सहकारीबाट पनि सामूहिक रुपमा १२ रोपनीमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । पाँच सय ३५ जना महिला मात्रै शेयर सदस्य रहेको साना किसान सहकारी संस्थाले व्यवसायिक रुपमा तरकारी खेती गर्ने र रासायनिक मलको न्यूनिकरण गर्ने बताएको छ ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बिजयकुमार गिरीले सहकारी र कृषि समूहमार्फत किसानहरुलाई सहयोग गरेको बताए । उनले अब स्रोतकेन्द्रकै रुपमा स्थापना गरेर अन्य ठाउ“मा पनि गड्यौली मल उत्पादनको बिस्तार गर्ने बताए । हामीले कार्यालयमार्फत किसानलाई तालिम र अुनदान दिएर गड्यौली मल उत्पादनमा प्रोत्साहित गरेका छौ,’ अधिकृत गिरीले भने, अब त्यस क्षेत्रमा प्राङगारिक मलको प्रयोगमा ल्याएर त्यहाँबाट उत्पादन भएको अर्गानिक तरकारीहरुको बजार व्यवस्थापनमा पनि सहयोग गछौ।’ उनले गड्यौली मल उत्पादन गरिरहेका कृषकहरुबाट त्यहाँबाट गड्यौला उत्पादन गरेर अन्य कृषकहरुलाई पनि वितरण गर्ने बताए । किसानलाई आवश्यक पर्ने प्राविधिक समान सहयोग गरेर गाउँलाई नै नमूनाको रुपमा अगार्नकि खेतीतर्फ लैजाने उनको भनाइ छ । – मुना हमाल

प्रकाशित मिति: बुधबार, असार २३, २०७२