बिहिबार, बैशाख १३, २०८१

पाँचथरमा फलफूलका बिरुवा वितरण

पाँचथर, २१ असार । गत वर्षको तुलनामा यस वर्ष जिल्ला कृषि विकास कार्यालयले तेब्बरभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको छ ।
गत वर्ष १२ हजार २०० बिरुवा वितरण गरिएकामा यस वर्ष ४१ हजार ५३० फलफूलका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष दुई हजार २०० अमरपाली र अन्य एक हजार २०० आँप, सिडलेस लिची दुई हजार र अन्य तीन हजार २००, यस्तै सुन्तला १७ हजार ४००, कागती १५ हजार २०० र कटहर ३३० बिरुवा वितरण गरिएको हो ।
यस वर्ष रु ११ लाख ६२ हजार ६०० बराबरको फलफूलका बिरुवा वितरण गरिएको कार्यालय प्रमुख बेनु प्रसाईंले बताएका छन् ।

प्रकाशित मिति: सोमवार, असार २१, २०७२