बिहिबार, चैत्र १५, २०८०

विषादी प्रयोगशाला अब चितवनमा

चितवन, २० असार । काठमाडौंको कालीमाटी तरकारी बजारमा विषादी प्रयोगशाला स्थापना भएपछि तरकारी तथा फलफूलमा विषादी प्रयोग कम भएको तथ्यांक देखिएको भएपनि अन्य क्षेत्रमा त्यसको प्रभाव पर्न थालेको छ । उपभोक्ताहरु विषादीका विरुद्ध लाग्न थालेपनि अन्य जिल्लामा पनि विषादी प्रयोग भएका तरकारी जन्य बस्तुहरु विक्न कमी आएको अनुमान गर्न थालिएको छ । तर उपभोक्ताहरुले कुन तरकारी वा फलफूलमा विषादी प्रयोग भएको छ भन्ने कुरा थाहा नपाउने भएकाले अन्योल बढिरहेको छ । ठिक यसैबला तरकारीमा विषादीको प्रयोग बढी हुन थालेको भन्दै चितवनको नारायणगढमा विषादी प्रयोगशाला स्थापना गरेर तरकारीको परीक्षण गरिने भएको छ ।
काठमाडाँैको कालीमाटीमा तरकारी बजारमा परीक्षणका क्रममा चितवनमा उत्पादित तरकारी तथा फलफूलमा विषादी बढी पाइएको पुष्टि भएपछि विषादी प्रयोग न्यूनीकरणका लागि यसरी परीक्षण गर्न लागिएको हो । नारायणगढमा प्रयोगशाला नै स्थापना गरेर परीक्षण गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । अघिल्लो वर्षको परीक्षणमा चितवनसहित काभ्रे र धादिङमा उत्पादित तरकारीमा समेत बढी विषादी फेला परेको थियो । त्यसैले यी जिल्लामा प्रयोगशाला स्थापना गरेर परीक्षण गर्न जानकारी आएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, असार २०, २०७२