शुक्रबार, बैशाख ७, २०८१

खाद्य सुरक्षा गर्न जैविक प्रविधि

ललितपुर, २० असार । विकसित मुलुकहरुमा जैविक प्रविधिको प्रयोगमा बृद्धि भईरहेकोले जैविक प्रविधिको प्रयोगबाट नेपाली खाद्य सुरक्षा गर्न सकिने कृषि विकास मन्त्रालयका सहसचिव श्यामकिशोर शाहले बताएका छन् ।
राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानको आयोजनामा शुरु भएको जैविक प्रविधिसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले आज सो कुरा बताएका हुन् । नयाँ प्रविधिमा आधारित भएर प्रविधि विकासमा सरोकारवालाको ध्यान जान जरुरी रहेको उनले बताए । कृषिबाहेक अन्य क्षेत्रमा समेत जैविक प्रविधिको सदुपयोग गर्न सकिनेमा सहसचिव साहले विश्वास व्यक्त गर्दै जैविक प्रविधि विकासमा मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक डा मीननाथ पौडेलले जैविक प्रविधिको विकाससँगै बेरोजगार युवाले रोजगारको अवसर पाउन सक्ने बताए । “जैविक प्रविधि समाजको महत्वपूर्ण अङ्ग भएकाले यसको सदुपयोग सही ढङ्गबाट हुनुपर्छ” पौडेलको भनाई थियो ।

प्रकाशित मिति: आइतवार, असार २०, २०७२