बिहिबार, चैत्र १५, २०८०

भूकम्पले च्याउखेती प्रभावित

रसुवा, २० असार । विनासकारी भूकम्पका कारण साना साना बाली र बस्तुमा पनि धेरै नै प्रभावित पारेको छ । रसुवा जिल्लाको उत्तरीभेग स्याफ्रु गाविसस्थित ठूलो मार्खुको च्याउखेती उत्पादनमा भूकम्पका कारण नै ह्रास आएको छ ।
बीउछरी राखिएको प्रशोधित पराल पोका भुइँमा खस्दा चिसोपनमा शुन्यता छाई च्याउ उत्पदानमा ह्रास आएको हो । युवालक्षित कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख अनुदान सहयोगमा ग्रामीण महिलाको आय वृद्धिमा टेवा पु¥याउन १५ जना महिलाको समूह बनाइ गत वैशाख ८ गतेबाट च्याउखेती सुरु गरिएको हो । सुरु गरिएको चार दिनमै भूकम्पले क्षति पु¥याउँदा रु ७० हजार बराबरको नोक्सान भएको आमा महिला समूहकी निमादेवी तामाङले बताएन् ।
पहिलो च्याउखेती नोक्सान भएपछि अर्को बीउ राखेर च्याउखेतीलाई निरन्तरता दिन किसानलाई आग्रह गरिएको वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले बताए ।

प्रकाशित मिति: आइतवार, असार २०, २०७२