शुक्रबार, चैत्र १६, २०८०

ओरालो लागेको हरिणको चाल भो बाचुञ्चेलसम्म पनि मरेकै हाल भो

काठमाडौं । ओरालो लागेको हरिणको चाल भो भन्ने गीतको भाव जस्तै भएको छ पूर्व कृषि मन्त्री हरिप्रसाद पराजुलीलाई यखितेर । धान दिवसका अवसरमा काठमाडौंको मूलपानीमा महिलामाथि दूव्र्यवहार गरेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा आएको समाचार र सामाजिक सञ्जालका कारण पनि हरिप्रसाद पराजुलीको मन्त्री पद चङ्गा चेट भए झै भयो । Minister-jpg
विहान सवेरै राष्ट्रपति पुरस्कार वितरण गर्न प्रमुख अतिथि बनेर खुमलटार पुगेका तत्कालिन कृषि मन्त्री हरिप्रसाद पराजुली उत्कृष्ट किसानहरुलाई पुरस्कार वितरण गरे । पुरस्कार वितरण सकिएपछि ढिलै गरेर नार्कको रोपाई महोत्सवमा पनि सहभागी भए । रोपाई महोत्सवमा उनी मात्र थिएनन् कृषि सचिव उत्तम कुमार भट्टराई, कृषि विभागका महानिर्देशक डा.युवकध्जव जिसी कृषि विकास मन्त्रालयका सहसचिव, उपसचिव लगायतका कर्मचारीहरु पनि थिए । त्यत्ति मात्र नभई कृषि मन्त्रीले आफूलाई सहयोग गर्नका लागि राखेका पाँच जना सचिवालयका पिएहरु पनिसँगै थिए । खुमलटारको कार्यक्रम समापन हुँदा कृषि विकासका लागि आगामी बर्ष निकै राम्रा कार्यक्रमहरु ल्याउन आफू लागि परेको भनाई पनि उनले सञ्चारकर्मीहरु माझ राखेका थिए ।
खुमलटारको कार्यक्रम सकेपछि मूलपानीको धान दिवसमा पुग्नु थियो मन्त्री पराजुलीलाई । मूलपानीमा ११ बजे धान दिवस भनिएको भएपनि मन्त्री करीव ३ बजेमात्र कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा ढिलो पुगेको भन्दै त्यहाँ उपस्थित किसानहरुसँग माफी माग्दै कार्यक्रम किसानहरुकै चाहना अनुरुप खेतमा धान रोप्न प्रवेश गरेका पराजुलीलाई कार्यक्रममा उपस्थित एमाले निकट किसान महिलाहरुले नै हिलो छ्याप्न शुरु गरेका थिए । हिलो खेल्ने नै भए खेतभित्रै आउन पराजुलीले आग्रह गरेका थिए । त्यतिबेलासम्म खासै पराजुली हिलाम्मे भएका थिएनन् । उनका अंगरक्षक अनि पाँचै जना उनका निजी सचिवालयका पिएहरु पनि उनीसँगै थिए । केही समयपछाडि मन्त्रीका पाँचै जना पिए समेत खेतमा हिलो छ्यापाछ्याप गर्न थाले ।
विशेष स्रोतका अनुसार पराजुलीले खुमलटारबाट मूलपानीको कार्यक्रममा पुग्दा सोम रस भ्याईसकेका थिए । सोम रस लिईसकेका व्यक्तिलाई सम्हाल्नु उनका पिएहरुको दायित्व पनि थियो तर, पिएहरुले त्यसो गरेनन् । बरु उनीहरु पनि पराजुलीलाई वास्तै नगरी हिलो छ्याप्न नै व्यक्त भए । पराजुलीलाई हिलो छ्यापेपछि उनले सोम रसकै सुरमा नजिकै रहेका महिलाहरुलाई हिलोमात्र छ्यापेनन् समातेर हिलो पनि दले । खेतैमा पु¥याए । उनको त्यस्तो कार्यलाई रोक्ने काम उनले पिएहरुले गर्नु पर्दथ्यो तर गरेनन् । महिलामाथि जे जस्ता कार्यभए पिएहरुले मन्त्रीलाई मन्त्री नभएर हिजोका किसान महासंघका सचिव हरि पराजुली नै बताई दिए । सोम रसको सुरमा उनले आफू मन्त्री पदमा बसको बिर्षे र उनका पाँच जना पिएहरुले पनि सर्तक गराएन् त्यही मध्ये केही त मन्त्रीलाई अप्ठेरो पार्ने प्रयास र विवादित बनाउन चाहने पनि थिए । तर हरिप्रसाद पराजुलीले पत्तै पाएनन् । पराजुलीले विगतमा गरेका निर्णय विवाद रहनुमा पनि उनैले आफ्नो सम्झेर धेरै नै विश्वास गरेका केही पात्रहरु कै कारण विवाद आईनै रहेको थियो तर मूलपानीको काण्डमा पनि उनीहरु पानीमाथिको ओभानो बने । महिलामाथि जे गरे त्यो मन्त्री पदका व्यक्तिले गर्न हुँदैनथ्यो । चाहे बुढी आमासँग जर्वजस्ती आर्शिवाद लिउन् वा महिलाहरुलाई अंगालो नै मारुन् ।
जसको परिणाम १२ घण्टा नवित्दै हरिप्रसाद पराजुलीको विरोधमा सञ्चार माध्यम खनियो र उनले राजीनामा दिन वाध्य भए । हरिप्रसाद पराजुलीको मन्त्री पद १५गतेको रोपाइँले मात्र गएन । एमाले भित्रको गुटउपगुटले पनि केही भरथेक ग¥यो । हरिप्रसाद पराजुली ओली गुटका भएपनि उनले मन्त्रालयका हर्ताकर्ताका रुपमा नेपाल गुटकालाई जिम्मेवारी दिएका थिए । किसान महासंघले पठाएका एक निजी सचिव त केवल खोपाको देउता मात्र बनेका थिए, जिम्मेवारी विहिन बनाईदिएका थिए । फलत हरिप्रसाद पराजुलीले बर्तमान मात्र होइन भविष्यमा समेत महिलामाथि अभद्र व्यवहार गर्ने कुख्या मन्त्रीका रुपमा लेखिने भए । न भूतो न भविष्यती भने जस्तै भयो ।

प्रकाशित मिति: आइतवार, असार २०, २०७२