बिहिबार, बैशाख १३, २०८१

कृषि मन्त्री हरिप्रसाद पराजुलीको राजीनामा

hari pकाठमाडौं, १७ असार । कृषि मन्त्री हरिप्रसाद पराजुलीले आज विहानै राजीनामा पेश गरेका छन् । बाह्रौ राष्ट्रिय धान दिवसका सन्दर्भमा काठमाडौंको मुलपानी चौरमा भएको धान महोत्सवमा समयमा महिला माथि दूव्र्यवहार गरेको चर्को आरोप लागेका मन्त्री हरिप्रसाद पराजुलीले पार्टी भित्रमात्र होइन पार्टी बाहिरबाट समेत चर्को विरोध र आलोचित बनेपनि वाध्य भएर राजीनामा दिएका हुन् । विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जालहरुका माध्यमबाट समेत चर्को विरोध भएपनि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । मन्त्री पराजुलीले धान दिवसका दिनमा मूलपानीमा महिला माथि आफूले कुनै पनि दूव्र्यवहार नगरेको बताएका छन् ।
मन्त्री पराजुलीले सो सम्वन्धमा स्पष्ट पार्दै डिलमा बसेर हिलो छ्यापी रहेको अवस्थामा बुढी आमालाई तल आउनुस् भनेर बोलाएर तानेको अवस्थामा सञ्चार माध्यमले गलत अर्थ लगाएर समाचार प्रशारण गरेको आरोप समेत उनले लगाएका छन् ।
मूलपानीमा धान दिवस मनाएको आयोजक मनोहर मिश्रित कृषक समूहकी अध्यक्ष नर्मदा फुँयाल र महांकाल सफल कृषक समूहकी अध्यक्ष पार्वती चपागाईले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गदैै समाचार गलत ढंगले दिग्भ्रमित पार्ने किसिमले प्रशारण भएकोले आफूहरुको गम्भीर ध्यानकर्षण भएको भन्दै खण्डन समेत गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, असार १७, २०७२