शुक्रबार, बैशाख ७, २०८१

सेकार्डले पनि मनायो धान दिवस

काठमाडौं,१७ असार । मुलुकभर असार १५ गते धान दिवस मनाईरहँदा कृषि क्षेत्रमा प्रांगारिक उत्पादनका लागि सक्रिय रहेको सेकार्ड नेपालको अगुवाईमा नुवाकोट र धादिङमा धान दिवस मनाएको छ । नुवाकोटको समून्द्रादेवी–४, कमलटारीमा कमलटारी प्राङ्गारिक कृषि सहकारी संस्थाको आयोजनामा धान दिवस मनाइएको थियो । धान दिवसका अवसरमा सकार्ड नेपालका विष्णुप्रसाद पोख्रेल र प्रांगारिक कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मण थापाले धान दिवस र प्रांगारिक कृषि उत्पादनका विषयमा आप्mनो मन्तव्य राखेका थिए । secaed
यसैगरी धादिङ्ग जिल्लाको केबलपुर–१, पण्डितपौवामा रत्नेस्वर कृषक समूहको आयोजनामा धान महोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सेकार्ड नेपालकी कृषि प्राविधिक कल्पना तिम्सिनाले संयोजन गरेकी थिइन ।

प्रकाशित मिति: बिहिबार, असार १७, २०७२