मङ्लबार, बैशाख ४, २०८१

धानखेती र जलवायु परिवर्तन

काठमाडौं, १५ असार । यस बर्ष धानखेती मा यान्त्रिकीकरण, उत्पादन लागतमा न्यूनिकरण भन्ने नारा सहित बाह्रो राष्ट्रिय धान दिवस एवं रोपाइँ कार्यक्रम मुलुकभरी सञ्चालन गरी मनाईदै छ । यस बर्ष महाभूकम्पको समस्यालाई मनन् गर्दा त ज्ञान, विज्ञा, प्रविधिको प्रयोगद्धारा धानको उत्पादकत्व एवं उत्पादन बर्ष देशलाई उत्पादकत्व बढाई खाद्य सुरक्षित गराउनु पर्ने कुरा अझ टड्कारो रुपमा देखिन्छ । विश्वका आधाभन्दा बढी जनसंख्या को खाद्यान्नको प्रमुख ाधार नै धान रहेको छ । धानले एशियालीहरुलाई एकैसाथ ल्याउन सेतुको काम गरिरहेको छ । ९० प्रतिशत भन्दा बढी धानको उत्पादनको खासै खपत एशियाली देशमा हुन्छ ।
नेपालको संस्कृतिमा असार १५ गतेलाई दही चिउरा खाने प्रचलन छ । धान एक प्रमुख खाद्यबाली हो र देशको आर्थिक बृद्धि नै धान उत्पादनमा भर परेको पाइन्छ । चालु आवमा धानको उत्पादन गत बर्षको तुलनामा करिव ५ प्रतिशत घट्न गएको छ । यो उत्पादन गत बर्षको भन्दा कमी भएको भएता पनि सो भन्दा अघिल्ला बर्षको भन्दा ६ प्रतिशत बढी भएको छ । धानको उत्पादन घट्नुको मुख्य कारण रोपाइँ हुन नसकी बाँझो रहेको जमीन तथा ढिलो शुरु भएको मनसुन नै हो ।
विभिन्न कारणमध्ये जलवायु परिवर्तनले धान उत्पादनमा अहं भूमिका खेलेको हुन्छ । धानको उत्पादन राम्रो भयो भने देशको आर्थिक स्थिति माथि जान्छ । धानको उत्पादन घट्यो भने देशको आर्थिक स्थिति तल खस्कन्छ । कुल खाद्यान्न उत्पादन र कृषि ग्रार्हस्थ उत्पादनमा योगदान क्रमश ः ५० र २० प्रतिशत देखिन्छ । विश्वको आधाजति जनसंख्या ३ अर्व ५० करोड जति मानिसको मुख्य खाद्यान्न चामल नै हो । एशियामा त खाद्यान्न भनेकै चामल भन्ने बुझिन्छ । अझ फिलिपिन्सतिर त दिनमा नै तीनदेखि चारपटकसम्म भात नै खाने चलन छ । नेपालमा पनि चामलको महत्व त्यत्तिकै छ । जापानमा होण्टा र टोयोटा कम्पनीहरुले धानको महत्वलाई मध्यनजर राखी आआफ्नो कम्पनीहरुको नामहरु पनि धानखेतीसँगै जोडेर राख्ने गरेका छन् । औद्योगिक देश भएपनि जापानीहरुले धानलाई राष्ट्रको सम्मानका रुपमा हेर्ने गरेका छन् । हालको अवस्थालाई मध्यनजर राख्दा हरितगृह ग्याँसले गर्दा विश्वको तापक्रम बढ्दै जाँदा नेपालको उच्चपहाडको आवहवा मध्यपहाड जस्तो हने र मध्यपहाडा तराई जस्तो हुन सक्ने सम्भावनाहरु देखिन्छ । विश्वको तापक्रम बढाउने कारकतत्वको रुपमा लिइने हरितगृह ग्याँहरुमा मुख्यतया कार्वनडाईअक्साइड, मिथेन र नाइट्रस अक्साइड पर्दछन् । यी मध्ये नाइट्रस अक्साइडको वातावरणीय उष्णता बढाउन सक्ने क्षमता धेरै हने भएतापनि कार्वनडाईअक्साईडको परिणाम उच्च रहने हुनाले यसलाई प्रमुख हरितगृह ग्याँसका रुपमा लिइन्छ । यी ग्याँहरुले परिवर्तित ताप सोसेर वायुमण्डलीय तापक्रम बृद्धि गराउँछ । – भोलामान सिंह बस्नेत

प्रकाशित मिति: मङ्लबार, असार १५, २०७२