मङ्लबार, बैशाख ४, २०८१

आज धान दिवस : नाम एक कार्यक्रम अनेक

काठमाडौ, १५ असार । आज असार १५ धान दिवस । किसानहरुका लागि महत्वपूर्ण दिनमा रुपमा आषाढ १५ गतेलाई राष्ट्रिय रुपमा नै धान दिवसका रुपमा मनाउन लागिएको छ । किसानहरुले माना रापेर मुरी फलाउन शुरुवात गर्ने दिनका रुपमा पनि धान दिवसलाई लिइएको छ । धान दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।rice festivalकृषि मन्त्री हरिप्रसाद पराजुली प्रमुख आतिथ्यतामा विहान ११ बजे मूलपानीमा कृषि विभागले धान दिवस मनाउल लागिरहेको छ । त्यगैगरी एमाले निकट अखिल नेपाल किसान महासंघले धर्मस्थलीमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यतामा धान दिवस मनाउन लागिरहेको छ । एउटै समयमा काठमाडौंका विभिन्न स्थानमा फरक फरक आयोजकहरुले धान दिवस मनाउन लागि रहेका छन् । 

अघिपछि कृषिका कुनै पनि कार्यक्रमलाई प्राथमिकता नदिने पर्यटन बोर्डले पनि कृषि विभागले आयोजना गरेकै थोरै पर मूलपानीमा नै धान दिवस मनाउन लागेको छ । पर्यटन बोर्डले पर्यटन मन्त्री कृपासुर शेर्पाको प्रमुख आतिथ्यतामा कृषि विभाग र पर्यटन बोर्डले केही सय मिटर पर मनाउन लागिएको धान दिवसले काठमाडौं मूलपानीका किसानहरुलाई भने दोधारमा पार्ने देखिन्छ । सो क्षेत्रमा रहेका थोरै किसानहरु किसान कृषि विभागको धान दिवसमा उपस्थित हुने कि पर्यटन बोर्डको कार्यक्रममा उपस्थित हुने भन्नेमा अन्यौलमा परेका छन् ।
हुन त मूलपानीका धान दिवस मनाउन गईरहेको कृषि विभाग र पर्यटन बोर्ड दुवैले सरकारी खर्चमा धान दिवस मनाउन लागिरहेका हुन् । यी दुवै आयोजकले धान दिवस मनाउनका लागि स्थानीय तहभन्दा पनि कर्मचारी एवं अन्य शहरबारीलाई यातायातको सुविधा सहित मूलपानी पु¥याएर धान दिवसमा सहभागी गराउन लागेको बताइएको छ । कृषि विभागले सो कार्यक्रममा भाग लिन जान चाहनेका लागि दुईवटा मिनिवसको व्यवस्था गरेको देखिन्छ । भने पर्यटन बोर्डले त भीड जम्मा गर्नका लागि केही व्यक्तिहरुलाई धान दिवसमा सहभागी हुनेहरुालाई पारिश्रमिकको समेत व्यवस्था गरेको स्रोतले बताएको छ ।
सरकारी रकममा धान दिवस मनाउने पर्यटन बोर्डले कृषि विभागसँग सहकार्य गरी धान दिवस मनाउने चेष्टा गरिदिएको सायद धान मूलपानीमा मनाउन लागिको धान दिवसले दुवै संस्थालाई फाइदा पुग्थ्यो कि ? अनि किसानहरुले पनि सकारात्मक सोच राख्थे की भन्ने चर्चा चल्न थालेको छ ।

प्रकाशित मिति: मङ्लबार, असार १५, २०७२