मङ्लबार, बैशाख ४, २०८१

विश्व खाद्य कार्यक्रमलाई रोक

काठमाडौं, ९ असार । हरेक पटक कुहिएको चामल राहतमा उपलब्ध गराएर चर्को विरोध खेप्नु परेको संयुक्त राष्ट्र संघ, विश्व खाद्य कार्यक्रमलाई नेपालमा खाद्यान्न वितरण गर्न रोक लगाउनु पर्ने भएको छ । विगतमा जाजरकोटमा बाँडेको चामल होस् वा अहिले विनासकारी भूकम्प पीडित नेपाली नागरिकहरुलाई वितरण गरेको चामल, दाल कुहिएको पाइएपछि सर्वत्र यसको विरोध भएको छ । तर नेपाल सरकार यस विषयमा मौन देखिएको छ ।wfp
नेपालीहरुलाई पटक पटक कुहिएको चामल राहतका रुपमा उपलब्ध गराउने विश्व खाद्य कार्यक्रमले बाँडेका कुनै पनि खाद्य सामग्री गुणस्तरहीन हुन्छन् भन्ने कुराको पुष्टि फेरि पनि भएको छ । यस्ता गैरसरकारी संस्थाहरुलाई खाद्य सामग्री राहतका रुपमा वितरण गर्न नै नदिने तर्फ सरकारले ठाडो आदेश दिनु अहिलेको आवश्यकता हो ।
सरकारले यस्तो पहल गर्न सकेन भने विगतमा खाद्य कार्यक्रमले बाँडेको चामल खाएर जाजरकोटमा जुन अवस्था खेप्नु परेको थियो त्यही अवस्था फेरि खेप्न नपर्ला भन्न सकिंदैन । त्यसैले विश्व खाद्य कार्यक्रमलाई खाद्यान्न वितरणमा रोक लगाउनुको विकल्प छैन ।

प्रकाशित मिति: बुधबार, असार ९, २०७२