शुक्रबार, चैत्र १६, २०८०

भूकम्प पीडित किसानलाई एक गाईभैसी

काठमडौं, ९ असार । गत बैशाख १२, १३ र २९ गते गएको विनासकारी भूकम्पका कारण पशु सेवा तर्फ करीव २ अर्व रुपैयाँको क्षति भएको पशु सेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमीले बताएका छन् । आज कृषि अनलाईनसँग कुरागर्दै डा. प्रेमीले सो कुरा बताएका हुन् । cowwww
महाविनासकारी भूकम्पका कारण् १८ हजार गाईभैसी, ५० हजार खसी वोका, बंगुर लगायतका मझौला पशु र ५ लाखको हाराहारीमा कुखुरा लगायतका पन्छी जन्य बस्तुको मृत्यु भएको देखिन्छ । यसका साथै एक लाख भन्दा बढी पशुगोठहरु पूर्ण रुपमा क्षति भएको पनि महानिर्देशक प्रेमीले बताए । जिल्ला जिल्लामा भएको पशुधनको कारण पीडित भएका किसानहरुलाई मन्त्रालय मार्फत विभागले आफूसँग भएको स्रोत र साधनलाई सक्दो सहयोग गरिरहेका समेत बताए । साथै उनले पीडित परिवारलाई कम्तिमा प्रति घर एउटा गाईभैसी दिनका लागि जुटिरहेको र स्रोतका व्यवस्था गर्न लागि आफूहरु लागिरहेको समेत बताए ।

प्रकाशित मिति: बुधबार, असार ९, २०७२