बुधबार, बैशाख १२, २०८१

पञ्चकन्यालाई प्रांगारिक मल सहयोग

काठमाडौं ८, असार  । काठमाडौं जिल्लालाई प्राांगरिक खेतीका हिसावले उपयुक्त मान्दै काठमाडौं जिल्ला काभ्रेस्थली गाविसमा विगत एकदशकदेखि करीव २ सय रोपनीमा प्रांगारिक खेती गर्दै आईरहेके रहेको पञ्चकन्या प्रांगारिक कृषि सहकारी संस्था लिमिटेडलाई जापानबाट आएका स्वयंसेवक समूहले ३ सय ३० बोरा प्रांगारिक मल सहयोग गरेका छन् ।
प्रांगारिक खेतीलाई विस्तार गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको र किसानहरुलाई उत्प्रेरित गरेकाले सहकारीलाई प्रांगारिक जापानी स्वयंसेवकहरुले प्रांगारिक मल सहयोग गरेको बताएका छन् ।
मल हस्तान्तरण गर्दै जापानीज स्वयंसेवक टोलीका तर्फबाट मिचाले सहकारीका अध्यक्ष श्रीमती निर्मला अधिकारीलाई सो मल हस्तान्तरण गरेका हुन् । प्रांगारिक मल प्रांगारिक खेती गरिरहेको सहि किसानहरुलाई उपलब्ध गराउन पाएमा उनले खुशी समेत व्यक्त गरे ।

प्रकाशित मिति: मङ्लबार, असार ८, २०७२