शुक्रबार, बैशाख ७, २०८१

म्याद गुज्रिसकेको बीउ बजारमा, व्यापारीलाई कार्वाही भएन

काठमाडौं । बीउ विक्री वितरण गर्नका लागि मनलाग्दो गरी खुलेका आयातकर्ताहरुका कारण यतिखेर आम किसानहरु मारमा परेका छन् । म्याद नाघेका वीउलाई पनि नयाँ लेवल लगाएर बीउ विक्री वितरण गरिरहँदा पनि सम्वन्धित निकाय मौन रहँदा किसानहरु मारमा पर्नु परेको हो । काठमाडौं उपत्यका मात्र होइन हरेक जिल्लाका एग्रोभेटहरुमा म्याद गुज्रिसकेका र नयाँ लेवल टाँसिएका बीउहरु प्रशस्त भेट्न सकिन्छ । कृषि साप्ताहिकलाई प्राप्त विवरण अनुसार नाङ्वो बायो कम्पनीको मिनु अर्लि मुला नेपाल अयात गर्ने कम्पनीले नयाँ प्याकिङ् गरी नयाँ मिति राखेर बजारमा विक्री गरिरहेको ल्याएको छ ।damanger seed

सो बीउको प्याकेजिङ मिति २०१३ को जुलाई महिना भए पनि सोहि प्याकेटमा कम्पनीले आफ्नो तर्फबाट २०१५ को जुलाई सम्म २ वर्ष समय बढाई प्याकिङ्ग भएको समय र मिति बढाएको छ । सो बीउ आयात गर्ने नेपाल सिड कम्पनीका प्रमुख नेम महर्जन भने आफूले बीउ विक्री गर्ने हो जसरी फाइदा हुन्छ त्यसैगरी गर्ने बताउँछन् ।
त्यस्तै पछिल्लो समयमा लोकप्रिया बन्दै गरेको सृजना जातको गोलभेंडाका बीउ पनि गुणस्तरहीन हुन थालेको छ । सृजना जातको गोलभेंडाको बीउ उत्पादन र विक्री गर्ने कुनै पनि आधिकारिक कम्पनी नभएको र कृषि अनुसन्धान परिषद्का केही व्यक्तिहरुको मिलेमतोमा किसानमाथि लुट मच्याउने काम भईरहेको छ । कृषि विकास मन्त्रालयले एग्रोभेटहरुको तत्काल अनुगमन गरी म्याद गुज्रिसकेका बीउ बेच्ने र गुणस्तरही बीउ विक्रेताहरुलाई तत्काल कार्वाही नगर्ने हो भने पीडित किसानहरुले मन्त्रालय घेर्ने तयारी समेत गरेका छन् ।

प्रकाशित मिति: सोमवार, असार ७, २०७२