बिहिबार, फाल्गुन १७, २०८०

किसानलाई कुटो कोदालो अभाव

नुवाकोट, ३ असार । सुन्दरादेवी गाविस–१ का बलबहादुर तामाङलाई अहिले कुटो कोदालो नभएर खेतीपाती गर्न समस्या भएको छ । भएको कृषि औजार भत्केको घरभित्रै छ । नयाँ बनाउन उहाँले सक्नुभएको छैन । उहाँको जस्तै पीडा अहिले यहाँका आम किसानलाई परेको छ । भूइँचालोले घर छैन, पहिरोले खेतबारी छैन ।

यो बेला खेतीपाती गरेर पछिका लागि अन्नको जोहो गरिनुपर्ने हो । तर कृषकलाई कृषि औजारको अभाव देखिएको छ । यसरी चौतर्फी पिरलोमा परेका किसान अब के गर्ने भन्ने अन्योलमा छन् ।
घरसँगै पुरिएको कोदालो, कुटो, हँसियाजस्ता अत्यावश्यक कृषि आँजारको अभाव थुप्रै गाउँमा देखिएको छ । भग्नावशेष पन्छाएर निकालिएको कृषि आँजारले पनि काम गरेको छैन । ती सामाग्री मर्मतका लागि घरेलु कलकारखाना छैनन् । नियमित कामबाट पूर्ण रूपमा विस्थापित भएपछि भएकै सामानले पनि काम गर्नसक्ने अवस्था नहरेको शिखरवेशी–१ तल्लोहिलेका गोकर्ण पण्डित भन्छन् “फलाममा खिया लागेको छ, खन्नका लागि कोदालो छैन, आरन सबै बन्द छ, हामीलाई खेती किसानी गर्न समस्या भएको छ । अधिकांश कृषकका कृषि औजार निकाल्न सकिएको छैन । निकालिएका सामग्रीको मर्मत गर्न नपाउँदा सामान्य खन्न, खोस्रनसमेत समस्या भएको छ ।

प्रकाशित मिति: बिहिबार, असार ३, २०७२