बिहिबार, बैशाख १३, २०८१

विनासकारी महाभूकम्प पछिको कृषि क्षेत्र

भुकम्प गए पछि, हाम्रो पहिलो नजर मृतक र घाईते मानिसहरुमा गयो, त्यसपछि क्रमशः वासस्थान र खाद्यान्नमा । अहिले हामी वासस्थान र खाद्यान्नको कुरा गर्दै छौ । यसपछिका समयमा रोजगारी र जिविकोपार्जनका अन्य विकल्पहरुमा वहस होला । धेरै ठाउमा अझै आवश्यकता अनुरुपको राहत सामाग्रीहरु पु¥याउन नसकिनुले हाम्रो कमजोर अर्थतन्त्र त देखाउछ नै, त्यो भन्दा वढता हाम्रो व्यवस्थापनमा देखिएको कमजोरी । साथसाथै, विश्लेषकहरु ठूलो अर्थतन्त्र भएका मित्रराष्ट्रहरुसंग पनि सम्वन्ध समधुर हुननसकेको र त्यसको फाईदा लिन नसकेको जिकिर गर्दैछन । यी यावत कुराहरुले हामी समस्यामा गुज्रदै छौ र अझै जटिल परिस्थिति सृजना हुदैछ भन्ने कुराको संकेत गर्दै छ । अव के हुन्छ त, कसरी साम्य गर्ने यो वज्रपातलाई ? स्पष्ट छ, एकमात्र विकल्प, कृषि क्षेत्र ।badri1
सरकारी आँकडालाई नै मान्ने हो भने करिव १ लाख ३५ हजार मेट्रिक टन खाद्यान्न नष्ट भयो, १७ हजार ठूला पशु (गाईभैसी ), ४० हजार साना पशु (भेडां, वाख्रा,वंगुर ) तथा ५ लाख पन्छि (कुखुरा, हास )हरुको मृत्यु भयो र हजारौ पशुपन्छी घाईते छन । प्रत्यक्ष रुपमा राष्ट्रिय उत्पादनसंग तुलना गर्दा खाद्यान्न करिव १ दशमलव ५ प्रतिशत ,०.१४ प्रतिशत ठूला पशु, ०.३४ प्रतिशत साना पशु तथा १.०२ प्रतिशत पन्छिहरु नष्ट भएको देखिन्छ । तथापी, यसको मल्टिप्लाएर असरको गणना समावेश नहुनु तथा मानिसहरुको जिविकोपार्जनको मुख्य स्रोतनै कृषि भएकोले अंकगणितीय हिसाव भन्दा ठूलो नोक्सानी हुनपुगेको स्पष्ट हुन्छ ।
अति प्रभावित १४ जिल्लाहरु – दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काभ्रे, धादिंग, गोर्खा, मकवानपुर, काठमाण्डौं, भक्तपुर, ललितपुर, सिन्धुली, रामेछाप र ओखलढुंगाको कृषि क्षेत्रको मुल्यांकनगर्दा हाम्रो समग्र अन्नवालीको उत्पादनमा करिव १३ प्रतिशतको हिस्सा यि जिल्लाहरुले ओगट्छ । तर, मकै (२४ प्रतिशत), कोदो (३० प्रतिशत) र फापर (२१ प्रतिशत) जस्ता अन्नवालीहरु भने यो क्षेत्रमा उल्लेख्य मात्रामा उत्पादन हुने गरेको छ । यसै गरी आलु, तरकारी, फलफूल, दुध, मासु र अण्डा उत्पादनमा समेत यस क्षेत्रले उल्लेख्य हिस्सा ओगटेको देखिन्छ ।
जसरी विभिन्न वौद्धिक छलफलमा भूकम्प अति प्रभावित क्षेत्रमा कृषिले त्यति महत्व राख्दैन भनेर वहस गरिदैछ, त्यो सत्य होईन । उक्त क्षेत्रको कृषिवाट समग्र कृषि क्षेत्रमा प्रभाव वारे यस पक्तिकारले हिसावगर्दा करिव २० प्रतिशत कृषि क्षेत्रको ग्राहस्थ उत्पादन तथा करिव ७ प्रतिशत राष्ट्रिय ग्राहस्थ उत्पादनमा उक्त जिल्लाहरुको कृषि उत्पादनले हिस्सा ओगट्ने देखियो । यि सुचांकभन्दा महत्व, उक्त क्षेत्रका ७५ प्रतिशतभन्दा वढि घरधुरीको आम्दानीको मुख्य स्रोत कृषि हो भन्ने कुराले राख्छ । तसर्थ, कृषिले मानिसको पेट भर्ने मात्र होईन रोजगारी र आम्दानी पनि दिन्छ भन्ने कुरा वझ्नु जरुरी छ ।
मनोवैज्ञानिक हिसावले पनि कृषि कर्म अहिलेको दुख भुलाउने वाटो हुन सक्छ । किसानहरुले आफ्नो खेतवारीमा फस्टाउदै गरेका वालीनाली तथा हुर्कदै गरेका गोठखोरका पशुवस्तु देखेर मन भुलाउन सक्छन । यसले के प्रष्ट हुन्छ भने कृषि मात्र त्यस्तो मुल मन्त्र हो जस्ले भुकम्पवाट सृजित असहज परिस्थितिमा सहजता ल्याउन सक्छ । तर सजकता आवश्यक छ । अवको कृषि विकास पृथक कार्यशैलिमा वढ्नु जरुरी छ । पहिलेकै ढर्रामा अघि वढ्नु सम्भव नै छैन ।
भुकम्पलाई कृषि क्षेत्रको अवसरमा वदल्ने अनेकन उपायहरु छन् । यहा उल्लेख गर्न लागिएका वुदाहरु कुनै नयाँ र आविष्कारिक जुक्तिहरु होईनन, फरक यति मात्र हो, कार्य क्षेत्रको प्राथमिकिकरण गरी केवल तिनै क्षेत्रमामात्र लगानी केन्द्रिकृत गर्ने साहास गर्नु पर्छ । अर्को महत्वपूर्ण कुरा यो वेला दशौ पृष्ट लामो कृषि सुधारका विषयहरु उठान गर्न समेत उपयुक्त समय होईन । स्मरण रहोस यि उपायहरु वस्तुतः मध्यमदेखि लामो अवधिसम्म कार्यन्वयन गर्नुपर्ने विषयहरु छन ।
विशेष कृषि क्षेत्र घोषणा ः भुकम्पले प्रभावित गरेको क्षेत्रमा, स्थानीय निकाय तथा व्यक्तिहरुको सहयोगमा वढिमा ५ कृषि उपजलाई (वाली तथा पशुपन्छी) प्राथमिक क्षेत्र घोषणा गरी सम्पूर्ण लगानी उक्तm उपजहरुको निम्ति हुनु पर्छ । उक्त क्षेत्र भनेको ईलाका तहको हुदा उपयुक्त देखिन्छ, जस्ले गर्दा लगानीकर्तालाई सहजहुने र छोटो समयमा प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ । यसको निम्ति सरकारी, गैह्रसरकारी तथा व्यक्तिगत, सम्पूर्ण लगानीमा समायोजनकारी भूमिका स्थानीय सरकार (जिल्ला तह) मा हुन पर्दछ । यदि कुनै व्यक्तिगत वा संस्थागत लगानि ठूलो क्षेत्रको निम्ति अपूग छ भने , निर्धारित कार्यक्रमको वजेट भित्र जति क्षेत्रलाई समेटन सक्छ, त्यतिमात्र क्षेत्रमा कार्य गर्न दिनुपर्छ ।
आधुनिकिकरणकोे अवशर : महाविपक्तिलाई अवसरको रुपमा भित्राउन यो समय प्राविधिक विकासमा जोड दिनु महत्वपूर्ण कार्य हो । युवा शक्ति पलायनले अभाव भएको कृषि मजदुरहरुको पृष्ठभूमिमा प्रविधिमा फड्को मार्नु अनिवार्य छ । सरकार वा दातृ निकायहरुवाट प्राप्त हुने रकम आधुनिक कृषिमा लगाउदै केही अत्यन्त आवश्यक कुराहरु जस्तै उन्नत वीउ, उन्नत पशु प्रजनन, आधुनिक यन्त्रहरुको प्रयोग आदिमा खर्च गर्नु पर्छ । हाम्रो कार्यक्रम हलो किन्ने भन्दा हाते ट्रयाक्टर किन्नेमा हुनुपर्छ, छाप्रा भन्दा आधुनिक गोठ वनाउनेमा हुनु पर्छ, दाना वनाउने औजार, धान रोप्ने,गोडने र काटने यन्त्र, गहु चुट्ने यन्त्र,मकै छोडाउने औजार, आधुनिक मौरि घार, उन्नत च्याउ उत्पादन, प्लास्टिक घरमा तरकारी, भिरालो जमिनमा फलफूल, पशु नश्ल सुधार आदि जस्ता प्रभावकारी प्रविधिमा हुनु पर्छ । लगानिकर्ताहरुवाट आउने रकमलाई यिनै क्षेत्रमा यकत्रित गर्नसकेमात्र तिव्र कृषि विकास सम्भव हुन्छ ।
वजार व्यवस्थापनको अवशर : हालसम्म अस्थव्यस्थ र हचुवामा चलिरहेको कृषि वजारिकरणमा सुधार अवको प्राथमिकतामा हुनु पर्छ । व्यवस्थित वजार निर्माण, कृषि उपजहरुको उत्कृष्ट भण्डारण, आधुनिक चिस्यानकेन्द्रहरु र प्रशोधनकेन्द्रहरु आदिको व्यवस्था हुनसके कृषि क्षेत्रले छोटै समयमा कोल्टे फेर्ने छ । साना टहरा वनाएर कृषि वजार र संकलन केन्द्रको संज्ञा दिनुभन्दा उत्कृष्ट भण्डारण र विक्रिकेन्द्र सहितको वजार स्थापना गर्नुपर्छ । उपभोग्य वस्तुहरुको उत्पादकदेखि उपभोक्तासम्म पु¥यादा लाग्ने चरणहरु आधुनिक साथसाथै फाईदाजनक हुन सकेमात्र किसानहरुमा कृषि प्रति दिगो आर्कषण हुनेछ ।
भू उपयोग सुधारको अवशर ः भुकम्पले सिकाएको एउटा राम्रो पाठ सवै प्रकारका जमिन सवै प्रयोजनलाई हुन सक्दैन भन्ने हो । यसले भू उपयोगमा जमिनको प्रकृति र वनौट हेरी कुन ठाउ केको लागि उपयुक्त हो भन्ने आधारमा सोही अनुरुपको कार्य गर्न जरुरी छ । मुख्यतयः नदि तथा खोलाहरुले वनाएका मलिलो माटो भएको क्षेत्रहरुमा वस्ती विकास गर्नुभन्दा कृषि कर्म गर्नु उपयुक्त हुने कुरा प्रमाणित भएको छ । पहिरोले पुरिएको कृषि क्षेत्रहरुमा जमिनको प्रकृति हेरी कृषिवन विकासको अवधारणा अघि वढाउन सकिन्छ ।
माथिका वुदाहरु राखिरहदा, स्थानीय व्यक्तिहरु र निकायहरुको अनुभव तथा मागहरु ख्याल गर्न अत्यन्तै जरुरी छ । सहज र छोटो सरकारी प्रकृया र ईमान्दारीपूर्ण कार्य शैलीलेमात्र कृषि विकास हुने कुरामा कसैको फरक मत नहोला । – बद्री खनाल, लेखक कृषि विकास मन्त्रालयका कृषि अर्थविज्ञ हुनुहुन्छ ।

प्रकाशित मिति: मङ्लबार, असार १, २०७२