बुधबार, बैशाख १२, २०८१

विनासकारी भूकम्पबाट कृषि पत्रकारहरु घरवार विहिन

काठमाडौं, जेठ । गत वैशाख १२, १३ र २९ गते आएको महाविनासकारी भूकम्पले कृषि क्षेत्रमा कलम चलाउँदै आईरहेका दर्जनभन्दा बढी कृषि पत्रकारहरु समेत प्रत्यक्ष प्रभावमा परेका छन् । विनासकारी महाभूकम्पका कारण आधा दर्जन कृषि पत्रकारहरु त घरबार विहीन नै भएका छन् । कृषि र कृषि क्षेत्रमा महाभूकम्पले पारेको प्रभाव र क्षतिको जानकारी आम नागरिकसम्म पु¥याउन तल्लीन रहेका कृषि पत्रकारहरुले आफ्नो पीडालाई विर्षेर भएपनि किसानका घरदैलोमा पुगेर कृषि समाचारहरु प्रवाह गरिरहे । house
महाविनासकारी भूकम्पका समयमा कृषि क्षेत्रले नै आमसञ्चार माध्यममा स्थान नपाईरहेको अवस्थामा कृषि पत्रकारहरुको विचल्ली र पीडा भने ओझेलमा नै परेको छ । तथापी आफ्नो पीडालाई भुलेर भएपनि कृषि पत्रकारहरुले आम नागरिकहरुमा सूचना प्रवाह गर्ने काममा भने निरन्तरता दिन भने पछि परेका छैनन् ।
महाविनासकारी भूकम्पबाट घरवार विहिन एवं प्रभावित कृषि पत्रकारहरुको प्राप्त विवरण अनुसार कृषि पत्रकार समाजका अध्यक्ष समेत रहेका कृषि साप्ताहिकका सम्पादक वैकुण्ठ भण्डारीको काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको दुईतल्ले घर पूर्ण रुपमा क्षति भएको छ भने सो घरमा रहेको एउटा गाई तथा अन्नपातहरु समेत पुरिएको छ । त्यसैगरी कृषि अनलाईनका समाचार प्रमुख योगेन्द्रप्रताप शाहीको काठमाडौं महानगरपालिका वडा नं १० मध्यबानेश्वरमा रहेको तीनतल्ले घर पनि बस्न नहुने गरी क्षति भएको छ । राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार राजाराम कार्कीको काभ्रेजिल्ला बनेपा नगरपालिका वडानं. ६ बनेपाबजारमा रहेको पाँचतल्ले घर पनि बस्न नहुने गरी क्षति भएको छ ।
आर्थिक अभियान राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार मेनुका कार्कीको काठमाडौं महानगरपालिका वडा नं. ५ हाडीगाउँमा रहेको दुईतल्ले घर पूर्ण रुपमा क्षति भएको छ । त्यसैगरी नागरिक दैनिकमा कार्यरत अर्का पत्रकार सुजन ओलीको दोलखा जिल्ला सन्द्रावती वडा नं. ३ मा रहेको ३ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने घरमा रहेको अन्नपात पनि पूरै पुरिएको र गाईबस्तु घाईते भएका छन् । प्राप्त विवरण अनुसार कृषि साप्ताहिकमा कार्यरत कमला नेपालको नुवाकोट रातमाटे वडा नं. ६ रहेको दुईतल्ले घर पूर्ण रुपमा क्षति भएको छ भने अन्न पनि भूकम्पबाट भत्किएको घरले पुरिएको छ ।
महाविनासकारी भूकम्पबाट घरवार विहीन हुने पत्रकारहरुमा हिमालय टाईम्स दैनिकका पत्रकार लेखनाथ पोख्रेलको दोलखा जफे गाविस वडा नं. ६ मा रहको घर भत्किएको छ भने अन्नपात पनि पुरै नष्ट भएको छ । त्यसैगरी नवज्योति एफ.एमका कार्यरत गोविन्द शर्माको ललितपुर जिल्लाको शंखु गाविसमा रहेको घर पूर्ण रुपमा क्षति भएको छ भने कृषक र प्रविधि मासिकमा कार्यरत पत्रकार नारायणदेवी च्यातको पनि घर पूर्ण रुपमा क्षति भएको छ । महाभूकम्पबाट परिक्षित विक्रम राना, शर्मिला लामा राजन प्रंसाई लगायतका कृषि पत्रकारहरु समेत प्रभावित भएका छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २८, २०७२