शुक्रबार, बैशाख ७, २०८१

अनुदानमा धानको बीउ वितरण

इलाम, २७ जेठ । जिल्ला कृषि विकास कार्यालयले किसानलाई उन्नत् जातको धानको बीउ अनुदानमा उपलब्ध गराउन थालेको छ ।
सुक्खा याममा हुने साम्मा महसुरी सब एक, माथिल्लो क्षेत्रमा हुने खुमल ४ र सीमखेतमा नढल्ने स्वर्ण सब एकलगायत मन्सुली जातका धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो ।
बीउ उत्पादन कार्यक्रम अन्तर्गत चुलाचुलीस्थित अन्नपूर्ण कृषि सहकारी संस्थालाई मन्सुली र स्वर्ण सब–एक जातको २८० किलो धानको बीउ वितरण गरेको कार्यालयले जनाएको छ । दानाबारी, मङ्गलबारे, बाँझो गाविसका सेवा केन्द्रबाट स्वर्ण सब एक र देउराली, फिक्कल, इलाम सेवा केन्द्रबाट खुमल– ४ जातका धान वितरण गरिएको छ ।
कार्यालयले कृषि अनुसन्धान केन्द्र पाख्रिवास, तरहरा र राष्ट्रिय बीउबीजन कम्पनी लिमिटेड इटहरीबाट एक टन विभिन्न उन्नत् जातका धानको बीउ कार्यालयले ५० प्रतिशत अनुदानमा खरिद गरी किसानलाई उपलब्ध वितरण गरेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २७, २०७२