शुक्रबार, चैत्र १६, २०८०

वाँकेमा फस्टाउँदै बगरखेती

नेपालगन्ज, २६ जेठ । वाँके जिल्लाका सात गाविसका किसानहरु यतिखेर व्यवसायिक रुपमा बगर तरकारीखेतीतर्पm आकर्षित भएका छन् । जिल्लाको कम्दी, बनकट्टी, बेतहनी, होलिया, बिनौना, फत्तेपुर र बैजापुर गाविसमा व्यवसायिक बगर तरकारीखेती योजना सञ्चालन भएपछि कृषक सो खेतीतर्पm आकर्षित भएका हुन । विशेषतः नदी कटान, बाढीपीडित र आर्थिक विकासमा पछाडी परेका कृषकको समूह निर्माण गरी उनीहरूलाई व्यवसायिक बगरखेती तर्फ जिल्ला विकास समितिले कार्यक्रम सञ्चालन बताइएको छ । नदी किनारको बगरमा सजिलै फल्ने लौका, फर्सी, करेला, तरबुजा र काँक्राखेती गर्दै आएका किसानहरुले वर्षको एक यामबाट करिब रु सात लाख आम्दानी गर्ने गरेको किसानहरुले नै बताउन थालेका छन् । बगरखेतीबाट राम्रो आम्दानी हुन थालेपनि अन्य बाढी पीडितहरु समेत यस तर्फ आकर्षित बन्दै गएका छन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २६, २०७२