बिहिबार, बैशाख १३, २०८१

आँप उत्पदन न्युन हुने लगभग निश्चित, हावाहुरीले आँपको स–साना दानाहरु समेत राखेन

Mango (1)उदयपुर  । उदयपुर जिल्लमा महाभूकम्प पछि आएको हवाहुरीको कारण यस आर्थिक वर्षमा आँप उत्पादन न्युन हुने भएको छ । हावाहुरीले आँपको स–साना दानाहरु झारेर नष्ट गरिदिएपछि गएको आवमा भन्दा यस आवमा ६० प्रतिशतले आँप उत्पदन घट्ने कृषि विकास कार्यालय उदयपुरले बताएको छ ।
कर्यालयका अनुसार गएको जेठ २ गतेदिख निरन्तर आएको हावाहुरीले जिल्लाको कटारी नगरपालिका, त्रियुगा, वेल्टार–वसाहा तथा रिस्कु, हडिया, पञ्चावती, जोगिदह लगायतका आँप उत्पादनहुने गाँउ विकास समितिमा ठूलो क्षति पुगेको छ । कर्यालयका बालिबिकास अधिकृत रामसेवक ठाकुले यहाँको न्युनतम मूल्य अनुसार छ करोडमन्दा माथि क्षति पुगेको बताए । अधिकृत ठाकुरले हावाहुरीले जिल्लामा आँप लगायतमा पु¥याएको क्षतिको विवरण कृषकबाट धमाधम संकलन भईरहेकोले केही थपिने भन्दै उदयपुरका किसानले ६ सय ५५ हेक्टरभन्दा बढीको क्षेत्रफलमा आँप लगाएको कार्यालयले जनाएको छ ।
गतबर्ष १० हजार एकसय ५२ दशमलव दुई मेट्रिकटन उत्पादन भएको थियो भने यसबर्ष सोहि उत्पादनको ३० देखि ४० प्रतिशतको बीचमा मात्र उत्पादन हुने जनाइएको छ । आँप उत्पादन हरेक वर्ष एकै नासको नहुने भएपनि यस वर्ष आपँलाई हावाहुरीले धेरै मात्रमा क्षति पुगेको अधिकृत ठाकुरको भनाई छ । आँप उत्पादनकालागि उदयपुरमा उत्पादनशिल माटो र हावापानी भएपनि जिल्लका विस्तारै कृषकहरु लाग्न थालेका थिए । म्मवाई, कलकत्ते, मलदह लगायत जातका आँपहरु लगाइने गरेको छ ।
लिचि, केरा, भुँईकटहर, अनार तथा टनेल बनाएर लगाइएको तरकारी खेतीमा समेत क्षति पुगेको छ । ठेकेदारहरुले आँपको फुल खेल्न नपाउदै बोटनै ठेक्कामा लिएका कति स्थानका आँप कृषकहरु अहिले हावाहुरीले आँप नष्ट भएपछि चिन्ति बनेका छन । जिल्लमा उत्पादनहुने आँप सिरहा, सप्तरी, मोरङ, झापा लगायत राजधानी काठमाण्डौसम्म पुग्ने गर्दथ्यो ।
हावाहुरीले पहाडी क्षेत्रमा धानचामल आउन लागेको मकैमा पनि क्षति पुगेको छ । कृषि विकास कार्यालयले उत्पादन गर्न लागेको अरुण १ जातको मकैको विउ समेत नष्ट भएको कार्यालये जानकारी दिएको छ । कार्यालयले तपेश्वरी कृषि सहरकारी सँस्था लिमिटेडले लगाएको दुई हेक्टर जग्गाको मकै नष्ट भएको बताएको छ । कटुञ्जे ववला, रामपुठोक्सििला, हर्देनी, मयाँखु लगायतका गाविसमा समेत मकैकमा क्षति पुगेको जानकारी दिएको छ ।-बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: आइतवार, जेष्ठ २४, २०७२