शनिबार, बैशाख ८, २०८१

उदयपुरे कृषको ध्याँन सिस्नु खेतीमा गएन

उदयपुर, जेठ १४ । उदयपुर जिल्ला सिस्नुको खेतीको लागि अथाहा सम्भावना भएन पनि कृषकको ध्याँन सिस्नु खेतीमा केन्द्रित हुन सकेको छैन । सरकारी तथा गैर सरकारी निकायले पनि कृषकलाई सिस्नु खेतीमा उत्प्रेरित गर्न नस्कदा सिस्नुको बजार राम्रै भएन कृषको ध्यन जान नसकेको हो ।सिस्नु खेतीको लागि जिल्लाको हर्देनी, मयाँखु, लेखानी, सिरिसे, सोरुङ छविसे, लिम्पटार, तापाश्री, बर्रे, पञ्चावती, ओख्ले, लेखगाँउ, ईनामे, पश्चिमी क्षेत्रदेखि पूर्वी क्षेत्रमा पर्ने गाँउ विकास समिति चौदण्डी लगायतमा अथाह सम्भाना रहेको छ । जिल्लाको उच्च महाभारत पहाडी क्षेत्रमा सिस्नुको खेती गर्न सकिने भए पनि कृषि विकास कार्यलय (कृविका) ले अहिलेसम्म सिस्नु खेतीका कार्यक्रम बनाउन सकेको छैन । अवको आँउदो आर्थिक वर्षमा कृषकको लागि सिस्नु खेती कार्यक्रम बनाउने तयारी भईरहेकोे कृविका उदयपुरका प्रमुख पवन गिरीले जानकारी दिएका छन् ।

उनका अनुसार सिस्नुबाट प्रशस्त आम्दामी लिन सकिने सम्भावनाहरु रहे पनि चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गैर सरकारी सँस्था चेलीवेटी क्लव उदयपुरको आयोजनामा कृषि विकास कार्यालय उदयपुरको सहयोगमा आँपटार, पोखरी र रौता गाविसका कृषकहरुलाई पहिलो पटक सिस्नु खेतीको बारेमा सचेता जगाइएको थियो । मयाँङखु, लेखानी, सिरिसे, सोरुङ छविसे, लिम्पाटार, ओख्ले, ईनामे, लेखगाँउ त्यस्तै उदयपुर गढी, डुम्रे लगायतका गाविसका कृषकहरुलाई सिस्नु खेतीमा आर्कषित गर्न सके कृषकले सजिलै आम्दामी लिन सक्ने पनि कार्यलय प्रमुख गिरीको भनाई छ । जिल्लामै पहिलोपटक दिएको सिस्नुको तलिमबाट अहिले पोखरी, रौता र आँपटारका ४५ कृषकले आम्दामी गरिरहेको पनि गिरीले जानकारी दिएका छन् । तालिम पश्चात स्थानीय स्तरमा खेर गईरहेका सिस्नुको गुणस्तरीय धुलो (पाउडर) बनाई विक्रि गरिरहेका छन् । हप्तामा तीनसय किलो ५० ग्राम गाईघाट बजारमा लगायतका डिपार्टमेन्ट स्टोरमा समेत आउन थालेको गिरीको दावी रहेको छ ।
कार्यालयका बालि विकास अधिकृत रामसेवक ठाकुले जिल्लाको उच्च पहाडी क्षेत्रमा विनकाममा खेर गईरहेको सिस्नु लाई प्रयोगमा ल्याई घरेलु उद्योममा विकास गर्न सकिने बताए । उनले पहाडी क्षेत्रका गहिरा खोल्सामा खेर गईरहेको सिस्नुलाई मात्र प्रयोग गर्ने चेतना स्थानीय कृषकमा जगाउन पाए अदुवा, आलु, सुन्तला, कागति, खुर्सानी जसरीनै आम्दमी लिन सकिने बताए । रोजगारी र आम्दामीको सम्भावना बोकेको सिस्नु खेतीको विकास गर्न उदयपुरमा जरुरी रहेको अधिकृत ठाकुरको भनाई छ । आग्र्यानिक भएकाले स्वास्थ्यको लागि समेत फाईदाजनक हुने भएकाले सिस्नुको बजार राम्रो भएको जानकारहरु बताउँछन ।
हर्देनीको कात्तिके लगायतका केही स्थानका कृषक समुहले लघुउद्योमको माध्यबाट सिस्नुको मुना, पूmल जम्मा गरी प्याकिङ गरेर बिक्रीको थालनी गरे पनि सिस्नुको व्यवसायीक खेतीको सूरुवात नभएको राष्ट्रिय कृषक समुह महासंघ नेपाल जिल्ला कार्यसमितिका सचिव कुशल राउतले बताए । उनले सिस्नु पूर्ण रुपमा अग्र्यानिक भएकोले उचित मूल्य पाउन नसकेको र बजारमा सिस्नुको अत्याधिक माग बढेपनि कृषकको चेतना नभएको कृषक सिस्नु खेतीमा आर्कषित नभएको बताए । जिल्लाका कृषकलाई व्यवसायिक सिस्नु खेतीमा आर्कषित गर्न अति आवाश्यक रहेको पनि उनले औल्याएका छन् । -बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: बिहिबार, जेष्ठ १४, २०७२