बिहिबार, बैशाख १३, २०८१

निजी डेरी कता हराए ?

काठमाडौं, १० जेठ । भर्खरमात्र फस्टाउँदै गएको दूध उत्पादन क्षेत्र फेरी धरापमा पर्ने संकेत देखिएको छ गत बैशाख १२ गते र २९ गते गएको विनासकारी भूकम्पका कारण डेरी सञ्चालन गर्नका लागि मरिहत्ते गर्ने डेरी उद्योगहरु यतिखेर किसानसम्म पुगेर दूध संकलन गर्न सकिरहेका छैनन् । दूध उत्पादनका लागि मुख्य हवका रुपमा रहेको चितवनका किसानहरुले समेत यतिखेर दूध बेच्न पाईरहेका छैनन् ।

दुग्ध विकास संस्थानले आफ्नो मातहतमा रहेका किसानहरुको दूध खरिद गरेको भएपनि सवै किसानहरुको दूध खरिद गर्न सक्ने देखिएको छैन । भूकम्प पश्चात धेरै उपभोक्ताहरुले उपत्यका छाडिसकेका कारण दुधको माग बढ्न सकेको छैन । दुग्ध विकास संस्थानले वितरण गरेकै दूध पनि विक्री हुन छाडिसकेको छ । भने कतिपय निजी डेरीहरुले नै दूध बजारमा ल्याउन नै छाडिसकेका छन् । दूध उपभोग गर्ने उपभोक्ताहरु नभएपछि निजी डेरीहरुले भूकम्प अगाडिसम्म किसानहरुसँग दूध संकलन गर्ने गरेको भएपनि भूकम्प पश्चात भने दूध संकलन गरेका छैनन् । दूध विक्री नभएपछि किसानहरुले गाईभैसीलाई दाना ख्वाउन समेत कठिनाई भईरहेको दुग्ध उत्पादनमा सक्रिय किसानहरुले दुखेसो गर्न थालेका छन् ।
भूकम्प प्रभावित जिल्लाहरुबाट दूध संकलन गर्न नसकेपनि अन्य जिल्लाबाट समेत निजी क्षेत्रका डेरी उद्योगहरुले दूध संकलन नगर्दा किसानहरु मारमा परेका छन् । नियमित रुपमा दूध संकलन गरिरहेका निजी डेरीहरुले किन दूध संकलन गरिरहेका छैनन् भन्ने कुराको कसैले पनि ठोस उत्तर दिन सकिरहेका छैनन् । किसानसँग खरिद गरी सहजै प्याकेजिङ्ग गरेर धेरै नाफा कमाउन सफल भईरहेका निजी डेरीहरुले दूध खपत नहुने र धूलो दूध बनाउनका लागि खर्च बढ्ने भएपछि किसानसँग दूध संकलन नगरेको स्पष्ट देखिन्छ । यस्तो असहज परिस्थितिमा किसानका पक्षमा देखिनु पर्ने डेरी हराउनुले शंका उब्जन थालेको छ । यस्तो अवस्थामा चितवन मिल्क जस्ता उद्योगहरु सञ्चालनमा भईदिएको भए किसानहरुले सहज रुपमा दूध विक्री गरी पशुपालन तर्फ अझ आकर्षण हुन सक्थे  । तर सञ्चालन भईरहेका डेरी नै गायव हुनुले दुग्ध क्षेत्रमाथि नै प्रश्न चिन्ह उब्जन थालेको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ १०, २०७२