शनिबार, बैशाख ८, २०८१

गुणस्तरहीन भारत र चाइनाको बीउ किसानलाई

 काठमाडौं, १० जेठ । महाभूकम्पकाबाट प्रताडित बनेका किसानहरुका लागि बर्खे बाली धान तथा तरकारीका बीउ राहत दिने नाममा यतिखेर गाउँ गाउँमा गुणस्तरही बीउ वितरण भईरहेको छ । काभ्रे, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, मकवानपुर, नुवाकोट, रसुवा, गोरखा लगायतका जिल्लाहरुका विभिन्न संघसंस्थाहरुले किसानहरुलाई वीउ विरतण गरिरहेको खुल्न आएको छ । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले भूकम्प पीडितहरुलाई राहतका नाममा बीउ वितरण गर्नेहरुलाई कृषि विकास मन्त्रालय र मातहतका निकायसँग समन्वय गरेर मात्र वितरण गर्नका लागि आग्रह गरेको भएपनि कतिपय संघसंस्थाहरुले मन्त्रालयलाई थाहा नै नदिई बीउको वितरण गरिरहेका छन् ।

किसानहरुलाई राहतको वीउ विरतण गर्ने नाममा विगतमा विवादमा मुछिएको मोन्सान्टोको बीउ समेत वितरण गरिएको आशंका गरिएको छ । बन मन्त्रालयसँग सरोकार राख्ने संस्थाहरुले समेत किसानहरुलाई बीउ वितरण गरिरहेका छन् । त्यत्तिमात्र नभई केही बीउका व्यापारीहरुले भूकम्प पीडित किसानहरुलाई राहत भन्दै चाईना तथा भारतमा थन्किएर बसेका पुराना र गुणस्तरहिन बीउ वितरण गरिरहेकाले सरकारले तत्काल त्यसलाई रोक्नु पर्ने देखिन्छ । कृषि विकास मन्त्रालय र सम्वन्धित सरोकारवाला निकायहरुले तत्काल बीउको गुणस्तर चेकजाँच नगरी राहतका वितरण गर्न एवं एग्रोभेटहरुबाट विक्री वितरण गर्न समेत रोक लगाउनु जरुरी छ ।-शैल शाह 

प्रकाशित मिति: आइतवार, जेष्ठ १०, २०७२